आगलागीबाट ताप्लेजुङमा एक जना बृद्धको मृत्यु

ताप्लेजुङ ,६ चैत । आफ्नै बारीमा झ्यास जलाउने क्रममा आगोले पोलेर जिल्लाको आठराईत्रिबेणी गाउँपालिका -१ निगुरादिनमा आज बुधबार दिउँसो एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ बर्षिय सुरेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार घरआँट डेढसय मिटर दूरीमा रहेको बारीमा झ्यास जलाउने क्रममा आगो ठूलो बलेको र भाग्नेक्रममा बारीको डिलबाट सातरआठ मिटर तल लडेर मृत्यु भएको हो । उनको खुट्टाहरु आगोले भेट्टाएर पोलेको छ । घटनास्थलमा प्रहरी चौकी निगुरादिन र इलाका प्रहरी कार्यालय दोभानको टोली परिचालन गरिएको र पोस्टमार्टमपछि परिवारलाई शव जिम्मा लगाउने रावलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.