दमकमा एम्बुलेन्स दुर्घटना, चालकसहित ६ जना घाईते

दमक,६ चैत । झापाको दमकमा भएको एम्बुलेन्स दुर्घटनामा चालकसहित पाँच जना घाईते भएका छन् । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत दमक ५ गोर्खा डिपार्टमेन्ट अगाडी सडकमा रति १ वजेतिर बिर्तामोडबाट बिरामी लिएर बिराटनगरतर्फ जाँदै गरेको मनमोहन मेमोरियल सामुदायिक अस्पातालको एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ । अस्पतालको प्र१–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स सडकको बिचमा रहेको डिभाइडरमा ठोक्किए दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर एम्बुलेन्समा सवार अर्जुनधारा नगरपालिका वडा नम्बर १० का २० बर्षिय बिशाल लिम्बू ,२३ बर्षिया बर्षा लिम्बू , सोही ठाउँकी १९ बर्षिया आरजु राई, सोही ठाउँकी ५१ बर्षिया मिना लिम्बू, २१ बर्षिय अन्जेश लिम्बू र एम्बुलेन्स चालक विर्तामोड ५ का ३५ बर्षिय कमल अधिकारी घाईते भएका छन् ।

आरजुको टाउकोमा चोट लागेको छ भने मिनाको टाउको र दाहिने हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । अन्जेश र बर्षाको पनि अवस्था सामान्य छ ।
एम्बुलेन्स चालक जिल्ला अधिकारीको पनि अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.