स्ववियू निर्वाचन : दमकमा बस्नेतको अग्रता कायमै

दमक ,६ चैत । दमक बहुमुखी क्याम्पसमा हिजो मंगलवार सम्पन्न स्ववियू निर्वाचनको जारी मत गणनाका मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार भुपेन्द्र बस्नेत (भुवन)ले शुरुवातदेखि अग्रता कायम राखेका छन् । पछिल्लो सार्वजनिक मत परिणाम अनुसार नेविसंघका उम्मेदवार बस्नेतले ३२२ मत ल्याएर अग्रता कायम राखेका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियूका निसम अधिकारीले २४१ मत ल्याएर पछ्याइरहेका छन् । नेविसंघका अर्का उम्मेदवार सायन साम्पाङले १७५ मत ल्याएका छन् भने स्वतन्त्र समूहकी रश्मी उप्रेतीले ५७ मत ल्याएकी छिन् ।

सचिव पदमा बस्नेत प्यानलकै राप्रविसंघका राजेश थापाले ३६७ मत ल्याएर अग्रपक्तिंमा छन् भने अखिलका राकेश खडका ३३६ मतले पछ्याइरहेका छन् । कोषाध्यक्षमा बस्ने प्यानलकै प्रविण जोगी (सोल्टा) ले ४२२ मत ल्याएर अग्रता लिईरहेका छन् । उनलाई अनेरास्ववियूकी प्रिती मगरले ३०० मत ल्याएकी छन् ।
यसैगरि, सदस्हरुमा पनि सोहि समूहका उम्मेदवारहरुले अग्रता लिईरहेका छन् । निर्वाचनमा नेविसंंघको आधिकारिक प्यानल र सोहि संगठनका असन्तुष्ट समूहले गठबन्धन गरि चुनावी मोर्चामा उत्रिएका थिए ।

आधिकारिक प्यानलको नेतृत्व कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू ,नगर सभापति प्रकाश प्रसाईले गरेका थिए भने बस्नेत समूहको नेतृत्व भने कांग्रेस प्रदेश सभाका सभापति रवि केसी, महासमिति सदस्यहरु शुरेस सुब्बा,कांग्रेस कोशी प्रदेश सदस्य भूमिराज राई ,नेताहरु राजन ढुंगाना,आइन्द्र केरुंग , मेदनी सिटौला, रोशन विष्ट, पर्शुराज रिजाल लगायत रहेका छन् । स्ववियू निर्वाचनमा क्याम्पसमा कुल मतदाता ३७०३ मध्ये १९५६ मत खसेको थियो ।

 

Leave a Reply

Your email address will not be published.