खनालसहित झापाका सय बढी सेवा निवृत शिक्षकहरु सम्मानित

बिर्तामोड,२ चैत । दमकका साहित्यकार तथा पूर्व प्रधानाध्यापक ओमप्रसाद खनाल विर्तामोडमा सम्मानित भएका छन् । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमीटेड झापाले आफ्नो १५ औं स्थापना दिवसको अवसर पारेर उनीसहित सेवा निवृत भएका एक सय बढी शिक्षक शिक्षिकाहरुलाई सामूहिक रुपमा सम्मान गरेको हो ।
जिल्लामा रहेका शिक्षक हित साकोसको लामोसमयसम्म सदस्य भई पेशागत सेवाबाट सेवा निवृत भएका शिक्षकशिक्षिकाहरुलाई सामूहिक रुपमा सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा मंगलमय माबि कमलका पूर्व प्रधानाध्यापक ओमप्रसाद खनाल,सहिद धर्मभक्त माबि केर्खाका पूर्व प्रअ काजिमान पौडेल ,सरस्वती मावि दमकका पूर्व प्रअ नरबहादुर थापा ,शिक्षक शिक्षिकाहरु दुर्गा खनाल काफ्ले,यमुना गौतम,गीता कँुवर,नरमाया खड्का, बिमला भट्टराई,बिष्णु राई, अम्विकाप्रसाद सापकोटा,गणेश ढकाल ,नेत्रप्रसाद अधिकारी,पुस्ता राई, धर्म राज बस्नेत, अम्बिका खड्का लगायत रहेका छन् ।

शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संविधान सभा सदस्य हरि बहादुर राजबंशी , नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्षहरु डम्वर बहादुर देउजा , कृष्णप्रसाद अधिकारी, जिल्ला सहकारी संघ झापाका कोषाध्यक्ष अर्जुन दंगाल लगायतको आतिथ्यता रहेको थियो।
शिक्षक हित साकोसका उपाध्यक्ष हरि प्रसाद न्यौपानेले सञ्चालन गरेको उक्त कार्यक्रममा सञ्चालक सदस्य देउमाया दहालले स्वागत मन्तव्य राखेकी थिईन् ।

 

Leave a Reply

Your email address will not be published.