दमक,२७ फागुन । झापा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दोतर्फ दमकबाट तीन जना खेलाडीले स्वर्ण पदक जितेका छन् । स्वर्ण पदक जित्नेमा दमक तेक्वान्दो डोजाङकी खेलाडी डेन्सु योगी लगायत रहेका छन् ।
सर्वोदय अंग्रेजी स्कूलमा अध्ययनरत उनले ४२ केजीबाट स्वर्ण पदक जितेकी हुन् । उनीसंगै ४६ केजीमा लाजिमा लिम्बू, ५५ केजीमा रोहन राईले स्वर्ण जितेका डोजाङका अध्यक्ष जितु धिमालले बताए ।
उनका अनुसार स्वर्ण बाहेक दमकबाट रोनी तामाङ,इन्दिप धिमाल,निकिता तामाङ,जुन लिम्बूले रजत तथा रोहित गुरागाई,इक्सा मादेन,अमृत योगीले काँस्य पदक जित्न सफल भएका छन् । स्वर्ण जित्ने खेलाडीले आगामी बैशाखमा हुने प्रदेशस्तरिय प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष धिमालले बताएका छन् ।
अर्जुनधारा नगरपालिका लगातार तीन पटक च्याम्पियन
भद्रपुरस्थित मेची रंगशालामा हालै सम्पन्न सो प्रतियागितामा अर्जुनधारा नगरपालिका लगातार तीन पटक च्याम्पियन बन्न सफल भएको छ । यसअघि १३ औँ र १४औँ झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा अर्जुनधारा प्रथम भएको थियो । उसले छ वटा विधाका खेलमा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले बताए ।
अर्जुनधाराले एथलेटिक्समा ५, करातेमा २, तेक्वान्दोमा ४ र उसुमा ४ स्वर्ण जित्यो । त्यस्तै, एथलेटिक्समा २, करातेमा १, तेक्वान्दोमा ३ र उसुमा ६ रजत पदक जित्यो । अर्जुनधाराले एथलेटिक्समा ३, करातेमा ४, तेक्वान्दोमा ३ र उसुमा २ पदक जित्यो ।
त्यस्तै, १० स्वर्ण, ११ रजत र ७ कास्य पदकसहित दमक नगरपालिका दोस्रो भएको छ । दमकले एथलेटिक्समा ३, करातेमा ४ र तेक्वान्दोमा ३ स्वर्ण पदक जित्यो । त्यस्तै, एथलेटिक्समा ६, करातेमा १ र तेक्वान्दोमा ४ रजत पदक जित्यो । दमकले एथलेटिक्समा २, करातेमा २ र तेक्वान्दोमा ३ पदक जित्यो ।
८ स्वर्ण, ६ रजत र १३ कास्य पदकसहित मेचीनगर नगरपालिका तेस्रो भएको छ । मेचीनगरले एथलेटिक्समा ४ र उसुमा ४ स्वर्ण जित्यो । त्यस्तै, एथलेटिक्समा १, करातेमा २, तेक्वान्दोमा १ र उसुमा २ रजत पदक जित्यो । मेचीनगरले एथलेटिक्समा ३, करातेमा १, तेक्वन्दोमा ४ र उसुमा ५ कास्य पदक जित्यो ।
त्यस्तै, ८ स्वर्ण, २ रजत र ७ कास्य पदक जितेको शिवसताक्षी नगरपालिका चौथो, ७ स्वर्ण, ७ रजत र १७ कास्य पदक जितेको बिर्तामोड पाँचौँ भए ।प्रतियोगितामा कनकाई नगरपालिका ३ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित छैटौँ र बाह्रदशी गाउँपालिका ३ स्वर्ण, २ रजत र ३ कास्य पदकसहित सातौँ भए ।
त्यस्तै, हल्दिबारी गाउँपालिका २ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित आठौँ, गौरीगञ्ज गाउँपालिका २ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित नवौँ र गौरादह नगरपालिका २ स्वर्ण, २ रजत र १ कास्य पदकसहित १० औँ भए ।
त्यस्तै, भद्रपुर नगरपालिका १ स्वर्ण, ५ रजत र ६ कास्यसहित ११ औँ र कमल गाउँपालिका १ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित १२ औँ भए । प्रतियोगितामा १ स्वर्ण, २ रजत र २ कास्य पदकसहित बुद्धशान्ति गाउँपालिका १३ औँ, १ स्वर्ण, २ रजत र १ कास्य पदकसहित झापा गाउँपालिका १४ औँ भए ।
कचनकवल गाउँपालिका १५ औ वन्यो
प्रतियोगितामा १ रजत र कास्य पदकसहित कचनकवल गाउँपालिका तालिकाको अन्तिममा रहेको समितिका प्रवक्ता जगन कार्की दुर्वासाले जानकारी दिए ।प्रतियोगितामा छात्र र छात्रामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु विधाका खेलहरू सञ्चालन भएको थियो । प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहको सहभागिता थियो ।आगामी वर्ष हुने सोह्रौँ झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड गौरादह नगरपालिकाले आयोजना गर्ने तय भएको छ ।