दमक,२३ फागुन । दमकको आकासे पुलस्थित सडक खण्डमा अव्यवस्थित रुपमा फालिएको फोहोरमैला । स्रोतबाट कुहिने र नकुहिने फोहोर उठाउदै आएको सेवाप्रदायक संस्था नेक्स्ट इरा इनर्जीले यस किसिमको अव्यवस्थित फोहोर मैला नउठाउदाँ दुर्गन्ध फैलिदै गएको छ । दमकको आकासेसहित चौंकको ट्याक्सी स्टेण्ड लगायतका सडक किनारमा सातादिन अघि थुपारिएको फोहोर अझै उठ्न सकेका छैनन् ।