विद्यालयमा पार्किङ गरिएका दुईवटा बसमा आगलागी

झापा, २२ फागुन । झापाको शिवसताक्षीस्थित दुधेको एक विद्यालय परिसरमा पार्किङ गरि राखिएका दुईवटा बसमा आगलागी भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधेको क्याम्ब्रिज अंग्रेजी माध्यमिक विद्यालयको दुईवटा बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीयबासी र शिवसताक्षी नगरपालिकाको बारुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको छ । विद्यार्थीलाई विद्यालयसम्म ल्याउन र विद्यालयबाट घर पुर्याउनका लागि प्रयोग भइरहेका को १ ख २०५० र मे १ ख १८१६ नम्बरका दुईवटा बसमा एकैसाथ आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन्।
आगलागी भइरहेको स्थानमा पुगेका स्थानीय प्रत्यक्षदर्शीले बसको बीचबाट आगो लागेको देखेको बताएका छन्। बसको अग्रभाग सुरक्षित छ । विद्यार्थी बस्ने सिट मात्र आगोले जलेर नष्ट भएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
स्थानीयका अनुसार विद्युत र विद्यालय परिसरमा पार्किङ गरिएका बस १० मिटर दूरीमा छ । विद्युत सर्ट भएर आगलागी हुने संभावना न्यून रहेको स्थानीयले बताए ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एकैपटक दुईवटा बसमा आगलागी हुनु आश्चर्य भएको प्रहरीले बताएको छ ।सो विद्यालय प्याव्सन शिवसताक्षी नगर अध्यक्ष राम सुहाङको एकल स्वामित्वमा छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरीक्षक सुशिल थापाले सो घट्नाबारे सुक्ष्म अनुसन्धान शुरु गरिसकिएको बताएका छन् । आगलागी कसले र कसरी लगायो भन्ने तत्काल थाहा हुन सकेको छैन् ।
दुई वटा वसमा एकाएक आगो लाग्नु कुनै प्राविधिक कारण हुन नसक्ने र कसैले आगजनी गरेको हुन सक्ने अनुमान स्थानीयको छ ।यसअघि बुधबारनै दमकका विभिन्न चार स्थानमा पनि अज्ञात समूहले पराल माचमा आगजनी गरेको छ । आगजनीमा संलग्नहरुको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । दमकको आगजनीका घट्नाको अनुसन्धानका लागि दुई जना प्रहरी नियन्त्रणमा छन् । दमकको व्यस्त बजारमा पनि दुई बर्ष अघिको आगलागी घटनामा संलग्नलाई प्रहरीले पहिचान गरेर पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published.