लागुऔषध दुर्व्यसन विरुद्ध प्रहरीद्धारा प्रशिक्षण अभियान शुरु

दमक ,२० फागुन । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दमकमा प्रहरीले समुदायमा लागुऔषध दुर्व्यसन विरुद्ध प्रशिक्षण अभियान शुरु गरेको छ ।इलाका प्रहरी कार्यालय दमकको आयोजनामा सोमवार भएको लागूऔषध दुर्व्यसन विरुद्धको अभियान शुभारम्भमा सहभागि वक्ताहरुले लागूऔषध सेवन तथा अवैध कारोवारले सिंगो समाज झेलिदैगएको भन्दै त्यस विरुद्ध सवै लाग्नुपर्ने जोड दिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, दमक नगरपालिकाकी उप–प्रमुख रेगिना प्रसाई भट्टराई, कमल गाँउपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लगायतले लागूऔषधको समस्या,नियन्त्रण तथा रोकथामका विषयमा आ-आफनो विचार राखेका इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नविन राईले बताए ।
।कार्यक्रममा शसस्त्र प्रहरी वल २ गण हेड क्वाटर झापाका प्रमुख सप्रउ तुलबहादुर भण्डारी, ३८ नं. गणका सप्रउ निरञ्जन भण्डारी, इप्रका दमकका कार्यालय प्रमुख डिएसपी रामप्रसाद तिमल्सिना, इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्रप्रसाद चापागाई, सञ्चारकर्मीहरु, विद्यार्थीहरु, अभिभावकहरु, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरु,दुर्व्यसनमा फसेका युवाहरुको उपस्थिति रहेको थियो ।
यसैगरि, आज मंगलवार नै दमक -३ स्थित बाँघखोर प्रहरी चौंकीले पनि लागूऔषध दुर्व्यसन विरुद्ध सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बेलडाँगी बनमा एक कार्यक्रम गरि बाघखोरका प्रहरी सहायक निरीक्षक हिराबहादुर श्रेष्ठले लागुऔषध दुर्व्यसन तथा सुख्खा मौसममा हुने आगलागी न्युनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए ।
यसैगरि, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी केर्खाले विद्यार्थीहरुको उपस्थितिमा आइतबार जनचेतनामूलक अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
अनुशिक्षणमा शहिद धर्मभक्त माबिमा अध्ययनरत २ सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
अनुशिक्षणमा प्रहरी चौकी केर्खाका प्रहरी बरिष्ठ नायव निरीक्षक चन्द्रबहादुर शाक्यले लागूऔषध दुर्व्यसन बिरुद्धको अभियानका विषयमा जानकारी गराउनुका साथैं लागुऔषध दुर्व्यसन न्युनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published.