समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा ल्वागुन

झापा, २३ माघ । नेकपा समाजवादी निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपाल झापाको अध्यक्षमा गोविन्द ल्वागुन सर्वसम्मत चयन भएका छन् ।
आज झापाको कन्काईस्थित सुरुङामा सम्पन्न जिल्ला भेलाले ल्वागुनको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन भएको हो ।
संगठनको उपाध्यक्षद्धयमा रिता दाहाल र डिकेन्द्र बस्नेत , सचिवमा सुरज प्रधान, सहसचिवद्धयमा नवराज सुवेदी ,रन्जिता खड्का चयन भएका छन् भने कोषाध्यक्षमा एलिजा भेटवाल चयन भएकी छिन् । त्यस्तै जिल्ला सदस्यहरुमा कमल कटुवाल, डम्बर विक, कमल बुढाथोकी र जयकुमार राई चयन भएका छन् ।
समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेस न १ का इन्चार्ज तीर्थ सिग्देलको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा एसका जिल्ला उपाध्यक्ष बासु दुलाल , प्रत्युस राना, जिल्ला सचिवालय सदस्य पशुराम शंखर, संगठनका सस्थापक केन्द्रीय सदस्य लिला बराल, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलदेव राई, दिलीप थापा, नेकपा एसका कन्काई नगर अध्यक्ष प्रतिक राजवंशी लगायतको आतिथ्यता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.