आगोलागीबाट राईको घरमा क्षति, रु १ करोड बढीको क्षति

दमक ,२२ माघ । झापाको कमल गाउँपालिका ५ सितापुरीस्थित अजय राईको घरमा मंगलवार राति विद्युत चुहिएर आगोलागी हुदाँ रु १ करोड बढीको क्षति भएको छ ।
घरधनी राईको दुई तले काठको घरको भुईतलामा सुवास राईले सञ्चालन गरेको किराना पसलबाट राति ११ वजे विद्युत चुहिएर आगोलागी हुदाँ पसलसहित घर पूर्ण रुपमा क्षति भएको हो ।
आगोलागीबाट पसलका खाद्यान्न तथा किरानाका सम्पूर्ण समानहरु जलेर नष्ट भएको थियो भने घरधनी राईको समेत सम्पूर्ण समानहरुमा जलेर नष्ट भएको वडाअध्यक्ष लालबहादुर विष्टले बताए ।
आगोलागीबाट घरधनी राईको रु २ लाख नगद,३ तोला ६ आना सुनसहित घर नष्ट हुदाँ रु ४० लाख मूल्य बराबरको क्षति भएको छ । यसैगरि पसल धनी सुवासचन्द्र राईको भने करिव रु ५५ लाख मूल्य बराबरको सम्पूर्ण सरसमानहरु जलेर नष्ट भएको थियो ।
घर र पसलमा गरि करिव रु १ करोड ९ लाख मूल्य बराबरको धनमाल क्षति भएको इलाका प्रहरी कर्यालय दमकले जनाएको छ । आगोलागीबाट मानवीय क्षति नभएपनि घरका सवै समानहरु नष्ट हुन पुगेको थियो ।
आगोलागी कमल गाउँपालिकासहित दमक,शिवसताक्षी ,गौरादह लगायतका बारुणयन्त्र, प्रहरीहरु,स्थानीयहरुको सहयोगबाट राति १२ वजे नै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
आगोलागीबाट क्षति भएको स्थानमा पालिका अध्यक्ष हुकुमसिंह राईसहित नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको टोली विहानै पुगेको थियो ।अध्यक्ष राईले पीडितहरुसंग आगोलागीका विषयमा जानकारी लिदै पालिकाबाट प्राप्त हुने सहयोग उपलव्ध गराउने प्रतिवद्धता जनाए।
यसैवीच आगोलागीबाट घरवारविहीन भएका राई परिवारलाई रेडक्रस कमल उपशाखाले राहत सेट सामाग्री प्रदान गरेको छ । पीडितको घरमै पुगेर मंगलवार दिउँसो भाडावर्तन,त्रिपल, लत्ताकपडा,बाल्टी लगायतका राहत सेट सामाग्रीहरु हस्तान्तरण गरिएको सचिव पारषमणि राईले बताए।
राहत सामाग्रीहरु वडाअध्यक्ष लालबहादुर विष्ट,रेडक्रस उपशाखाकी उपसभापति नरमाया तामाङ,कोषाध्यक्ष प्रमोद दाहाल, उपसचिव विष्णु सुब्बा, उपकोषाध्यक्ष सन्तोष राई, सदस्यहरु दिलुकुमारी गुरुङ,बिमला भट्टराई, केशव तिम्सीनाले हस्तान्तरण गरेका थिए । आगोलागीबाट घरबारविहीन भएका परिवारलाई रेडक्रसले राहत सेट उपलव्ध गराउदैआएको छ ।

 

Leave a Reply

Your email address will not be published.