दमक,१८ माघ । झापाको कमल गाउँपालिकाले सञ्चालनमा ल्याएको कमल नगर अस्पतालले आफनो बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउने भएका छन् ।अस्पताल सञ्चालनको दोश्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा वृहत स्वास्थ्य शिविर लगायतका कार्यक्रमको तयारी गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको शुक्रवार सम्पन्न बैठकले अस्पताल स्थापनाको अवसर पारेर यहि फागुन १ गते निशुल्क स्वास्थ्य शिविरसहितका कार्यक्रम आयोजना गरिने निर्णय भएको अस्पतालका कार्यालय प्रमुख दिपक प्रसाद दाहालले बताए ।
अस्पतालका अध्यक्ष समेत रहेका कमल गाउँपलिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा भएको बैठकमा अस्पतालका बारेमा कार्यालय प्रमुख दाहालले जानकारी गराएका थिए । बैठकमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, अस्पताल व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
पालिकाका अध्यक्ष राईले आफनो जिम्मेवारी सम्हालेपछि वडाबासीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दे साविक तोपगाछी स्वास्थ्य चौंकीलाई स्तरन्नति गरि स्वास्थ्यबिमासहितको ५ शैयाको कमल नगर अस्पताल सञ्चालनमा ल्याईएको हो । अस्पतालमा दैनिक दुई जना डाक्टरमार्फत दैनिक सयका हाराहारीमा सेवाग्रहीले स्वास्थ्य सेवा लिदैआएका छन्।