दमक,१४ माघ ।उज्यालो दमक नामक सामाजिक संस्थाले दमक- ५ हरिऊँ कोलनी भित्रका अति विपन्न एक धिमाल परिवारलाई सहयोगी सामाग्री प्रदान गरेको छ ।
दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र ढकालको नेतृत्वमा स्थापना भएको सो संस्थाले आइतबार बिहान आफनो टोलमा बस्दैआएका ६२ बर्षिय खड्के धिमाल र ६१ बर्षिया धनमाया धिमाल दम्पत्तीलाई ओढ्ने ओछ्याउने दुई सेट कपडा प्रदान गरेको हो ।
संस्थाले धिमाल दम्पत्तीलाई त्यस्तो सहयोग गरेर औपचारिक रुपमा सेवामुखी कार्यक्रम शुरुवात गरेको सचिव गम्भिरा दाहाल कार्कीले बताईन् ।ढकालका अनुसार संस्थाका कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु तथा स्थानीय सामाजिक सहयोगी व्यक्तित्वहरुको समूहले धिमाल दम्पत्ती बस्दै आएको घरैमा पुगेर दुई थान सिरक, दुई थान डसना, दुई थान तन्ना र दुई थान सिरानी सहितको न्यानो ओढ्ने ओछ्याउने विस्ताराको सेट प्रदान गरिएको हो ।
सोही अवसरमा दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट धिमाल परिवारलाई पचास प्रतिशत शुल्क समेत संस्थाको तर्फबाट बुझाएर खानेपानी धारा जडान गरिदिने खानेपानी संस्थाकी सञ्चालक समिति सदस्य पार्वता ढकालले प्रतिवद्धता जनाईन् ।
उनले संस्थाको नियमानुसार पचास प्रतिशत छुट शुल्कमा विपन्न तथा असहाय धिमाल परिवारलाई खानेपानीको धारा जडानका लागि सिफारिस गर्ने जानकारी गराइन् ।