अन्तरपालिका फुटबल प्रतियोगितामा : बाह्दशीलाई हराउदै कचनकवल विजयी

कमल,१३ माघ । कमल गाउँपालिकाले आयोजना गरेको झापा जिल्लास्तरिय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको आजको खेलमा कचनकवल गाउँपालिका विजयी भएको छ ।
कमल गाउँपालिका -५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेलमैदानमा सञ्चालित प्रतियोगितामा आज भएको तेश्रो दिनको खेलमा बाह्दशी गाउँपालिकालाई २ गोलका विरुद्ध ३ गोल गर्दै कचनकवन गाउँपालिका विजयी भएको हो ।

खेलको पहिलो हाफमा कचनकवलका तर्फबाट जर्सि नम्बर ७ का महेन्द्र राजवंशीले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।त्यसपछि दोश्रो हाफमा बाह्दशीका तर्फ बाट जर्सि नम्वर ११ का सन्त कुमार श्रेष्ठको गोलले अफ्नो टिमलाई बराबरीमा ल्याएका थिए। त्यसको केहि बेरमै पुनः कचनकवलका तर्फबाट जर्सि नम्बर १० का प्रकाश घिमिरेले पुनः अर्को गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।त्यसको लगत्तै बाह्दशीका तर्फबाट पुनः जर्सि नम्वर १० का प्रदिप श्रेष्ठको गोलले टिमलाई बराबरीमा ल्याएका थिए। त्यसपछि ईन्ज्युरी समयको थप २ मिनेटमा पुनः कचनकवलका जर्सि नम्बर ७ का महेन्द्र राजवंशीले लगाएको गोलसंगै कचनकलन गाउँपालिका विजयी भएको हो ।

आजको खेलको म्यान अफ द म्याच कचनकवलका महेन्द्र राजवंशी पुरस्कृत भए । भोलि सोमवारको खेल कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिका बिच हुने प्रतियोगिताका सहसंयोजक दिपेन्द्र लामिछानेले बताए ।

Leave a Reply

Your email address will not be published.