दमक ,१८ पुस । निर्माण व्यवसायी महासंघ झापाको आसन्न निर्वाचनमा दमकका रमेश अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । लामोसमयदेखि निर्माणका क्षेत्रमा काम गरिआएका उनले आगामी पुस २२ गते हुने महासंघको निर्वाचनमा अध्यक्षको उम्मेद्वारी दिएका हुन् । दमक उद्योग वाणिज्य संघले अधिकारीको उम्मेदवारीलाई आज औपचारिक रुपमा प्रमोशन समेत गरेको छ ।
अध्यक्षका प्रत्यासी अधिकारीलाई यस क्षेत्रबाट उनलाई जिल्ला अध्यक्षका रुपमा साझा उम्मेदवारका रुपमा अघि सारिएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुुरागाइँले बताए । मैनाचुली निर्माण कम्पन्नीका सञ्चालक अधिकारी महासंघका प्रथम उपाध्यक्ष हुन् भने दमक उद्योग वाणिज्य संघका सल्लाहकार तथा पूर्व कार्यसमिति सदस्य समेत हुन् ।
प्रमोशन कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार अधिकारीले निर्माण व्यवसायीहरुको पेशागत सुरक्षा,विकासका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । यसैवीच, अध्यक्षका प्रत्यासी अधिकारीलाई जिताउन जनप्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यवसायीहरुले साथ र सहयोग पुरयाँउने प्रतिवद्धता जनाएका छन् । प्रमोशनमा बोल्दै दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ,पत्रकार विष्णु सुब्बा लगायतले आ-आफनो क्षेत्रबाट उनको पक्षमा सहयोग पुरयाँउने माथि जोड दिए ।