दमक,११ पुस । दमकको हिमालय महालक्ष्मी चिया वगानको व्यवस्थापनमा सुधार आएसंगै पछिल्ला समय यहाँका चिया मजदुरहरुले राहतको महषुष गर्न थालेका छन् ।
हिमालय गुडरिक हुँदै हाल सोल्टी ग्रुपको व्यवस्थापनमा सञ्चालित हिमालय महालक्ष्मी चिया बगानमा ठुलो संख्यामा चिया मजदुरहरु कार्यरत छन् ।
कामको पारिश्रमिक पाउन कुनै वेला आन्दोलनमा उत्रन बाँध्य हुनुपर्ने विगतका मजदुरका समस्या अहिले भने वगानको नयाँ व्यवस्थापनको सहयोगका कारण समाधान हुदै आएको उनीहरुको भनाई छ ।
दुई पुस्तादेखि बगानमा ज्यालामजदुरी गरिआएकी तुलसा सुनुवारले वगान व्यवस्थापनको नेतृत्व गरिआएका महाप्रवन्धक श्यामल सुब्बाको मजदुरमैत्री कार्यसम्पादनले आफूहरुलाई प्रत्यक्ष राहत पुगेको बताउँछिन् । उनले भनिन्, –‘ पहिला पहिला दिनहुँ काम गरेर पनि तलब पाउन आन्दोलन गर्नुपर्ने हुन्थ्यो अहिले त्यस्तो अवस्था छैन् । समयमा सबैले तलब पाइरहेका छौं । गाह्रो,साह्रोमा कति दिन सम्म भोकै बस्नु पर्ने बाध्यता पनि थियो तर अहिले त्यो अवस्था छैन इमान्दारसाथ काम गरिरहेका वास्तविक मजदुरहरुले कुनै अप्ठ्यारो छैन् । गाहे पर्दा पेश्की तलब पनि लिन पाइरहेका छौं ।’
चिया वगानको व्यवस्थापनको जिम्मेवारी सम्हालेका सुब्बाले कम्पन्नी बचाउ संगै मजदुरका समस्या समाधान गर्न सक्रिय भई लागेका कारण पनि अहिले वगान भित्रका मजदुरका ज्यालासंगै सामाजिक सुरक्षाका कतिपय समस्याहरु विस्तारै हल हुदैगएको उनको अनुभव छ । उनी भन्छिन्, –‘वगान प्रशासकको मजदुरमैत्री व्यवहारका कारण पनि चिया श्रमिकहरुले राहत पाउन थालेका छन्, यो हाम्रो लागि खुसीको कुरा हो’
वगानमा चिया कलमी गरेको अवस्थामा भेटिएकी दिलकुमारी भुषाल पनि पछिल्ला समय वगानले आफूहरुलाई सहयोग गरिआएको बताउँछिन् । वगानमा पहिला त्यस्तो थिएन, धेरै समस्या झेल्नु परेको थियो भन्दै उनले तर अहिले वगान व्यवस्थापनका जिम्मेवारी पाएका सुव्वाको नयाँ कदमका कारण पनि हामी जस्ता ज्याला मजदुरीहरुले राहत पाउन सकेको बताउँछिन् ।
वगानमा कार्यरत अर्को चिया मजदुर अम्बिका थापाले पहिला पहिला मजदुरहरुले झेल्दै आएका धेरै समस्याहरुको अहिले भने समाधान भएको र यस किसिमबाट बगान अघि बढेको खण्डमा बगान र बगानमा आश्रित मजदुरहरु दुवै पक्षलाई फाइदा पुग्ने बताइन् ।
वगान भित्र मजदुर संगठनको नाममा विगतमा निकै ठुलो राजनीतिक हुदैआएको थियो । त्यस्ता संगठनका नेतृत्वले मजदुर भन्दा आफनै स्वार्थका कारणले पनि वगान भित्रका मजदुरको पेशागत सुरक्षा सवल बन्न सकिरहेको छैन् । जसले गर्दा वीच वीचमा वगानले निकै सकस झेल्नुपरेको थियो । तर अहिले मजदुरले आन्दोलननै गर्नुपर्ने दिन नआउने गरि वगान व्यवस्थापनले सहयोग पुरयाँएपछि आफूहरु हर्षित भएको स्वम वगानमा कार्यरत मजदुर अगुवाहरुको बुझाई छ ।
नेपाल चिया मजदुर श्रमिक संघ टे«य यूनियन कांग्रेसका अध्यक्ष गोपाल खड्काले बगानमा मजदुरका यावत समस्याहरु समाधान गर्न वगान व्यवस्थापन प्रतिवद्ध भएकाले पनि अव मजदुरले पेशागत आन्दोलन गर्नुपर्ने दिन नआउनेमा विश्वस्त छन् । उनले भने, –‘वगान व्यवस्थापनले यहाँ कार्यरत मजदुरहरुको घर मर्मत सम्भारमा मात्र नभएर कुनै प्राकृतिक विपत्ती आइपर्दा , आकस्मिक घट्ना, दुर्घटना हुँदा उपचारका लागि पनि बगान व्यवस्थापनले सहजीकरण गरि सहज बनाइदिने गरेको छ , यो हामी सवै श्रमिकका लागि ठुलो राहत हो ।’ –
दमक ४ र ९ मा करिव ६ सय विगाहा जमीनमा फैलिएको यो वगानमा २७८ जना मजदुरहरु कार्यरत छन् ।ती मजदुरहरु मध्ये तीन चौथाईका हाराहारीका संख्या भने महिला छन् । बगान क्षेत्र भित्रनै चिया प्रशोधनको कारखाना समेत सञ्चालनमा रहेको छ । यहाँको चियाको गुणस्तर समेत राम्रो भएकाले अन्तराष्ट्रिय बजार निर्यात हुने गरेको बगान व्यवस्थापनले जनाएको छ ।
बगानका महाप्रवन्धक श्यामल सुब्बाका अनुसार वगान रहेका दुवै वडामा सेवा निवृत भएका , काम गरिआएका आएका करिब डेढ दर्जन मजदुरका घरहरुमा पछिल्लो समय आवश्यक मर्मत सम्भारको काम गरि सहयोग गरिएको छ । उनले वगानमा कार्यरत सवै मजदुरलाई कुनै पनि विभेद नगरि श्रमका आधारमा सुविधा उपलव्ध गराउदैआएको स्पष्ट पार्छन् । बगानको व्यवस्थापन पक्षले कुनै पनि मजदुर तथा कर्मचारीहरुलाई हटाउने नीति नरहेको स्पष्ट पार्दै महाप्रवन्धक सुब्बाले आफू आएपछि यहाँका श्रमिकका अधिकांस समस्याहरु समाधान गरिआएको दावी गर्छन् । वगानमा बिषयमा कतिपय अनगर्नल प्रचारहरु गरेर मजदुरका नाममा फाइदा उठाउने गिरोहले विभिन्न लान्छनाहरु ल्गाउदै भाजो हाल्ने गरिआएकाले त्यस्ता अनर्गल भ्रमको पछि नलाग्न उनले आग्रह समेत गरेका छन् ।