आगलागी पीडित श्रेष्ठ परिवारलाई सहयोग हस्तान्तरण

दमक,२५ मंसिर। झापाको कमल–२, समयगढकी अग्नीपीडित नरवती श्रेष्ठ परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।मंगलबार उनको घरैमा पुगेर पीडित श्रेष्ठ परिवारलाई नगद ४५ हजार सहयोग प्रदान गरिएको इसाई समाज कमलले जनाएको छ । गत कर्तिक ३ गते विहान विद्युत सर्ट भई आगलागी हुदाँ श्रेष्ठ परिवार समस्या झेलिएका र पीडितलाई थोरै भएपनि सहयोग जुटाएर ४५ हजार रुपैयाँ प्रदान गरिएको पाष्टर बीर बहादुर तामाङले बताए । उनका अनुसार अग्नीपीडित श्रेष्ठलाई घर पूर्ननिर्माण गर्न देशविदेशबाट उक्त सहयोग प्राप्त भएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा कमल गाउँपालिका इसाई समाजका पूर्व अध्यक्ष रेभरेण्ड भिक्टोर सुनुवार, झापा जिल्ला इसाई महिला उपाध्यक्ष अनुग्रह तामाङ, र कमल गाउँपालिकाकी ,नारी ईसाईकी निवर्तमान अध्यक्ष बसन्त कुमारी आङदेम्बे राई लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.