मंगलमयको ‘बिव्यस’ अध्यक्षमा सापकोटा

दमक ,२५ मंसिर । जिल्लाको कमल गाउँपालिका ५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक बिद्यालयको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा टिकाराज सापकोटा चयन भएका छन् ।
विद्यालयमा आज बसेको बैठकले स्थानीय सामाजिक तथा राजनीतिक व्यक्तित्व सापकोटालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।सोमबार विद्यालयमा आयोजित अभिभावक भेलाले सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु चयन गरेको र नियमानुसार व्यवस्थापन समितिका सदस्यहरुले सापकोटालाई सदस्यमा मनोनित गरि व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेका हुन् ।
चार सदस्यीय विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा शोभा तिम्सिना ,तोम प्रसाद बाँस्कोटा ,सावित्रा उप्रेती दाहाल र हरिलाल ताजपुरिया रहेका छन् । सोहि समितिको बैठकले विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा शिक्षासेवीमा सापकोटासहित चन्दादाताका रुपमा तारादेवी अधिकारी बस्नेत ,शिक्षक प्रतिनिधिबाट तिर्थ कुमार ताजपुरिया, वडा प्रतिनिधिबाट वडाअध्यक्ष लालबहादुर विष्टलाई चयन गरेको छ ।  प्रधानाध्यापक मोहनकुमार बगाले समितिको सदस्य सचिवका रुपमा रहेका छन् ।
साथै शिक्षक अभिभावक संघमा शिक्षक प्रतिनिधिको रूपमा सर्वसम्मत रूपमा कुमार कटुवाललाई चयन गरेको छ । सोमबारनै प्रेमवहादुर कार्की, गंगा मेचे , कमला खड्का , पुण्य प्रसाद खतिवडा , अमित थापा , कर्ण बिक्रम दाहाल र शान्तिराम खतिवडा रहेको ७ सदस्यीय शिक्षक अभिभावक संघ समेत सर्वसम्मत गठन गरेको थियो ।
यसैवीच, नवनिर्वाचित विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघको यहि पुस ३ गते पदस्थापन कार्यक्रम राखिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.