टिफरको ठक्करबाट उराँवको मृत्यु

इटहरी,२२ मंसिर । टिफरको ठक्करबाट सुनसरीको हरिनगर गाउँपालिका –४ हरिनगरा बजारमा एक जनाको मृत्यु भएको छ । आज शनिबार को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट देवानगञ्ज गाउँपालिका –७ का ४५ वर्षिय झल्लु उराँवको घटनास्थलमै मृत्यु भएको हो ।

घुस्कीबाट हरिनगरा बजारतर्फ सिटिजन बैंकको उत्तरपट्टीको सडक हुँदै गइरहेको को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट उराँवको घटनास्थलमै मृत्यू भएको प्रत्यक्षदर्शी ब्रह्मदेव मेहताले जानकारी दिए।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार टिप्पर चालकले उराँवलाई ठक्कर दिएपछि पुनः पछाडि घुमाएर किचेर मारेको आरोप लगाएका छन् । घटनापछि हरिनगरा बजारक्षेत्र तनावग्रस्त बनेपछि प्रहरीको सक्रियतामा अवरुद्ध बाटो खुलाउने काम भएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जनाकारी दिए। प्रहरीले घटनामा संलग्न टिफर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.