दमकमा अव‘फायर मोटरसाइकल’को सेवा

दमक,१६ मंसिर । दमक नगरपालिकाले आगो नियन्त्रणका लागि आपतकालीन सेवाका रुपमा नयाँ फायर मोटरसाइकल ल्याएकोे छ । फायर मोटरसाइकल आगलागी भएको ठाउँमा वारुण यन्त्र ( दमकल ) भन्दा अगाडि आगलागी भएको ठाउँमा पुगेर ग्याँसमार्फत आगो नियन्त्रणमा लिने साथै वारुण यन्त्र ( दमकल ) जान नसक्ने सांघुरो सडकहरुमा पानीको पाइप बिछ्याउने लगायतका अति आपातकालीन कामहरु गर्ने बारुणयन्त्र शाखाले जनाएको छ ।
आगो नियन्त्रणका लागि यस किसिमको फायर मोटरसाइकल सञ्चालनमा ल्याउने दमक नगरपालिका पहिलो भएको दावी छ ।नगरपालिकाले हाल परीक्षणका लागि १ थान लिएको र यसबाट राम्रो परिणाम आए थप गरेर अझ प्रभावकारी बनाउदै लैजाने नगर प्रमुख रामकुमार थापाले बताए । नगरपालिकामा ठुला क्षमता दुई थान बारुणयन्त्र सञ्चालनमा छ ।

Leave a Reply

Your email address will not be published.