दमक,२५ भदौं । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलवार दमकमा तेश्रो इकाईगत वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाले तेस्रो इकाईगत वार्षिक साधारणसभा अन्तर्गत दमकको गोर्खा डिपार्टमेन्ट सभालमा भएको सभामा दमकसहित पाडाजुंगी,पूरानो आम्दा, क्याम्पसमोड, गौरादह र गौरीगञ्जका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
सहकारीले गत भदौं २३ गते इलाममा पहिलो र मोरङ्गको पथरीमा दोश्रो इकाईगत साधारण सभा भइसकेका छन् भने भदौं २६ मा सुरुङामा चौथो , २७ गते भद्रपुरमा पाँचौ ,२८ गते धुलावारीमा छैठौं र २९ गते शनिश्चरेमा सातौ इकाइगत साधारणसभा गरिने कार्यतालिका रहेको संस्थाले जनाएको छ । त्यसैगरि, असोज २ गते विर्तामोडमा १४ औं वार्षिक साधारणसभाको माइनेट प्रमाणिकरण गरि समापन गरिने कार्यक्रम रहेको अध्यक्ष सुवास भट्टराईले बताए ।
उनका अनुसार संस्थाको झापामा २५ वटा सेवा केन्द्र , इलाममा ११ ,इलाममा ९ र पाँचथरमा एक गरि ४६ स्थानमा सेवा केन्द्र सञ्चालनमा छन् । संस्थामा हाल ६४ हजार २ सय ३६ जना शेयर सदस्य छन् ।
इकाइगत साधारणसभामा संस्थाका अध्यक्ष भट्टराई अध्यक्षको बार्षिक प्रतिवेदन र लेखा समितिका तर्फबाट संयोजक रमेशकुमार अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोहि अवसरमा संस्थाले यस क्षेत्रबाट ९ जना शेयर सदस्यलाई नगदसहित सदस्य सुरक्षण कोष वितरण समेत गरिएको थियो । जसअनुसार कोषमार्फत नगदसहित राहत प्राप्त गर्नेहरु मन्जु थापा,शारदा बस्नेत,सुरज संग्रौला, रिताकुमारी अधिकारी,सन्धया धिमाल,मिना न्यौपाने,हिमकुमार गुरुङ,रामु सोरेन र जानुका खड्का रहेकी छन् ।
दमक ९का वडाअध्यक्ष कुवेर भटराईको प्रमुख आतिथ्यतामा भएको साधारणसभा उद्घाटनमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई , वाणिज्य संघका पूर्व अध्यक्ष गोविन्द बस्नेत, संस्थाका सचिव इन्द्रबहादुर कार्कीलगायतले सहकारीका विषयमा बोलेका थिए ।