नेकपा (बहुमत)को बिद्यार्थी संगठनले जिल्ला भेला गर्दै

दमक,२६ भदौं । नेपाल कम्युनिष्ट पार्टी ( बहुमत) सम्बद्ध अखिल क्रान्तिकारीले १ नम्बर प्रदेश (कोशी) मा मिसन एभ्री डे – २ अभियान सञ्चालन गरेको छ ।
सो अभियान अन्तर्गत शिक्षामा रहेको निजीकरण तथा व्यापारीकरण विरुद्ध बिद्यार्थीहरुलाई अखिल क्रान्तिकारीमा आवद्ध गराइने सो संगठनले जनाएको छ । यस अन्तर्गत संगठनको जिल्ला भेला मंगलबार दमकमा सम्पन्न भएको छ ।
भेलाले खुशी सेञ्चुरीको अध्यक्षतामा संगठनको जिल्ला कमिटी गठन गरेको संगठनका प्रदेश संयोजक निशानले जानकारी दिए ।
सो पार्टी र जनसंगठनका नेता, कार्यकर्ताहरु समेतको उपस्थितिमा भएको भेलामा पार्टीका ब्युरो इञ्चार्ज मिसेकको प्रमुख आतिथ्य रहेको थियो भने संगठनका १ नम्बर प्रदेश इञ्चार्ज कमला परियार, प्रदेश संयोजक निशान कटुवाल, पार्टीका झापा जिल्ला सेक्रेटरी सिलाङ र सदस्य सुबास लगायतको आतिथ्य रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.