लक्कीले दिईन विपन्नलाई खाद्यान्न

दमक,१७ भदौं ।  सक्रिय महिलाहरुको अगुवाईमा दमकमा स्थापना भएको सुन्दर समाज नेपालकि अध्यक्ष लक्की सिटौला (विन्दु) ले दमकको एक विपन्न परिवारलाई खाद्यान्न वितरण गरेकी छन् ।
सामाजिक कार्यमा सक्रिय समेत रहेकी लक्की इन्टेरियर डेकोरकी सञ्चालिका विन्दुले कुशे औंशी (बुबाको मुख हेर्ने दिन ) का अवसरमा आफना दिवंगत पिता लेखनाथ सिटौलाको सम्झनामा दमक -५ कोठा भाडामा बस्दै आएका ५९ वर्षिय आशाराम चौधरीलाई खाध्यान्न वितरण गरेकी हुन् । उनले चौधरीको डेरामै पुगेर तेल,चामल,नुन,दाल लगायतका एक महिनासम्म पुग्ने खाद्यान्न दिएकी हुन् ।
व्यवसायसंगै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेकी उनले मानवीय हितका लागि यसअघ समेत सहयोग पुरयाँउदै आएकी छन् ।

Leave a Reply

Your email address will not be published.