दमक ,९ भदौ । किङ्स नेपाल क्रिएसनको आयोजनामा “ इन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोडल आइकन २०२४ ” सिजन २ को ग्रान्ड फिनाले सिनियर तर्फ प्राप्ति दुलाल र जुनियर तर्फ दिपिका खनालले उपाधि जितेकी छन्
दमकस्थित हिमालय माध्यमिक विद्यालयमा शनिबार सम्पन्न ग्राण्ड फिनालेमा २२ जना प्रतिस्पर्धीहरुलाई छिन्दै द्धयले उपाधि जितेका हुन् ।
सो प्रतियोगितामा जुनियरतर्फ ७ वर्ष देखि ११ वर्षको उमेर समूह र सिनियरतर्फ १२ देखि १७ वर्षको उमेर समूह गरि दुई विद्दा छुट्टयाइएको थियो । प्रतियोगितामा झापासहित मोरङबाट सहभागी भएका थिए ।
प्रतियोगितामा ब्वाइजतर्फ प्रिन्स सुमन तामाङ बनेका छन् यस्तै जुनियर तर्फ दिपिका खनाल विजयी भएकि छिन् । मिस क्याटवर्क तथा अर्गनाइजर च्वाइजमा रेविका बस्नेत चुनिएकी छन्।
सबटाइटलमा क्रमशः मिस कन्फिडेन्समा मानसि अधिकारी, मिस सुन्दरीमा मान्यता चौधरी, इन्टलेक्चुयलमा प्राप्ति दुलाल, हार्डवर्किङमा अंकिता थापा, ग्लामरस तथा फोटोजेनिकमा विवाशा राजवंशी, मिस्टर क्रियटिवमा सुमन तामाङ, मिस पोलाइटमा साम्ङ लिम्बू , मिस्टर जेलटन्मेन्टमा देव घिमिरे,मिस डिसिपिलिनमा विवाशा लोहनी, मिस हस्पिटलिटिमा दिपिका खनाल, राइजिङ स्टारमा इङसा लिम्बू घोषित भए ।यसैगरि, प्रसानिलिटिमा सोनिसा लिम्बू, मिस मोडल आइकनमा आयुस्मा विष्ट ,क्विक लर्निङमा कृषा गौतम चुनिएको किङ्स नेपाल क्रिएसन प्रालिका निर्देशक कृष्ण साहले जानकारी दिए ।
फिनालेको जर्जमा कोरियोग्राफर लक्की मान केसी, फेसन डिजाइनर नवीन लुइँटेल, फेसन डिजाइनर विवेश राई, मिस पूर्वाञ्चल २०१३ नेहा बजाज, आरके इन्टरटनेशनल तथा मिस ग्रान्ड नेपाल किन्डर गार्डेनकि सिइओ निशा आचार्य साथै मिस ग्रान्ड नेपाल २०२४ कि विजेता बिष्णु गुरुङ थिए ।
कार्यक्रममा नेपाली संस्कृति झल्काउने बहुकल्चरल नृत्य, साथै दमकमा रहेको डान्स सेन्टरले सांगीतिक तथा नृत्य प्रस्तुत गरेका थिए ।