उत्कृष्ठ कर्मचारीका रुपमा चुडालसहित उपाध्याय सम्मानित

दमक,२२ असार । दमक नगरपालिका सूचना प्रविधि अधिकृत समिप चुडालसहित दुई जना कर्मचारी सम्मानित भएका छन् । नगरपालिकाको शुक्रवार सम्पन्न १५ औं नगरसभाको दोश्रो वैठकका अवसरमा उत्कृष्ठ कर्मचारीका रुपमा चुडालसहित कार्यालय सहयोगी दुर्गाप्रसाद उपाध्याय सम्मानित भएका हुन् ।
कर्मचारीको कार्यसम्पादन तथा मूल्याङकनका आधार नगरपालिकाले कर्मचारीलाई प्रोत्साहन स्वरुप बर्षेनी सम्मान प्रदान गदै आएको छ । द्धय उत्कृष्ठ कर्मचारीलाई नगर प्रमुख रामकुमार थापा ,उपप्रमुख रेगिना भटटराई, प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीले संयुक्त रुपमा जनही नगद ११ हजार १ सय ११ सहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.