एसइई परीक्षा : मोरङमा पञ्चायत मावि र झापातर्फ मोहनमाया प्रथम

पथरीशनिश्चरे, १४ असार । मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालय पञ्चायत माविका एक छात्राले एसइईमा मोरङ जिल्ला प्रथम भएकी छन भने रेडस्टार बोर्डिङका दुई छात्रले जीपीए—४ ल्याएर उत्तिर्ण भएका छन् ।
पञ्चायत मावि प्रदेश सरकारबाट नमुना घोषित विद्यालय हो । २०८० को  बिहिबारं सार्वजनिक भएको एसइई नतिजा अनुसार पञ्चायत माविकी छात्रा निकिता राईले ३.९६ जीपीए ल्याएर सरकारी विद्यालयहरुबाट मोरङ जिल्लामै प्रथम भएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिए ।
यसै गरी, पथरीशनिश्चरे २ मा रहेको रेडस्टार बोर्डिङ स्कुलमा अध्ययनरत छात्र अजय लिम्बू र सतिश अचार्यले जीपीए—४ ल्याएर उतिर्ण भएका छन्।
उच्च जीपीए ल्याएर पास हुने चारैजनालाई पञ्चायत माध्यमिक विद्यालयले बधाई शुभकामना दिदैं चारै जना विद्यार्थीलाई कक्षा ११—१२ मा निशुल्क पढाउने घोषणा गरेको प्रअ बुढाथोकीले बताएका छन्।
त्यसैगरी, वाल्मीकि मेमोरियलका छात्र दिवस मगर र सुहाङ्गद घिमिरेले ३.९५ जिपिए सहित उत्तीर्ण भएका छन्।उता , एभरेष्ट बोर्डिङ स्कुलकी कृतिका विष्टले ३.७८ जीपीए ल्याएर उतिर्ण भएको सञ्चालक रबिन कङ्दङवाले बताए ।
पथरीशनिश्चरे नगरबाट उच्च जीपीए ल्याएर उतिर्ण विद्यार्थीहरुलाई नगर शिक्षा विभाग प्रमुख नवीन खुलालले समाजिक सञ्जालमार्फत बधाई शुभकामना दिएका छन् ।
पथरीशनिश्चरेमा सर्व प्रथम एभरेष्ट बोर्डिङ स्कुलबाट सलिना राईले ९० प्रतिशत अंक ल्याएर तत्कालीन एसएलसी पास गरेका थिए । पथरीशनिश्चरे नगरमा पछिल्लो समयमा उच्च जीपीए ल्याएर उत्तिर्ण हुने विद्यार्थीहरुको संंख्या वृद्धि हुँदै गएको छ ।
मोहनमायाको नतिजा उत्कृष्ट
मोहनमाया माध्यमिक विद्यालयले २०८० को एसइई परीक्षामा ३.२० माथिको जिपिएमा ९२ जना विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लाकै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराएको दावी गरेको छ ।विद्यालयले ६२.५ प्रतिशत विद्यार्थीले ३.२० जिपिएभन्दा माथि नतिजा ल्याउँदै प्रथम भएको दावी गरेको हो । ३.६०भन्दा माथि जिपिए आउने विद्यार्थीको संख्या २४.४९ प्रतिशत रहेको र यो नतिजासमेत जिल्लामा प्रथम हुन सक्ने दावी गरिएको छ । ३.२ भन्दा माथि तर्फ सामुदायिक विद्यालयतर्फ नेपालभरमा पहिलो हुन सक्ने विद्यालयका प्रधानाध्यापक शेरवहादुर श्रेष्ठको दावी छ ।

Leave a Reply

Your email address will not be published.