दमक,१४ असार । दमक- ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको रजत वर्षका अवसर पारेर यहि असार १९ गते खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।सदस्य राहत तथा सामाजिक कार्यक्रम उपसमितिको आयोजनामा हुने वृहत खुल्ला रक्तदानको तयारी धमाधम भईरहेको संयोजक पारसमणी राईले जानकारी दिए ।
उनले संस्थाको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत अघिल्ला वर्षझै यसवर्ष पनि खुल्ला रक्तदान कार्यक्रम गरिएको जानकारी दिए । रक्तदानमा इच्छुक शेयर सदस्यहरु,रक्तदाताहरु तथा शुभचिन्तकहरुलाई सहभागि भई मानव जीवनकै महान सेवा सम्बन्धी कार्यक्रम सफल बनाईदिन संस्थाले आग्रह गरेको छ । विहान ७.३० वजेदेखि शुरु हुने रक्तदान संस्थाको आफनै कार्यालयमा हुने संयोजक राईले बताएका छन् ।