गौरादहमा वीपी स्मृति भवनको उद्घाटन

गौरादह, १८ बैशाख । नेपाली कांग्रेस गौरादहले नवनिर्मित वीपी स्मृति भवन उद्घाटन गरेको छ ।गौरादह २ मा निर्माण गरिएको नवनिर्मित भवनको सोमबार कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले उद्घाटन गरे ।
भवनको उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्वका लागि संघीय निर्वाचन प्रणाली घातक रहेको र यो निर्वाचन प्रणाली संशोधन नगरेसम्म देशको आर्थिक विकास नहुने बताएका छन् ।
उनले सरकार चलाउन भन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने उल्लेख गरे ।
उनले राजनीतिक स्थायित्वबिना नेपालमा कुनै पनि देश लगानी गर्न इच्छुक नरहेको बताए । यो लगानी सम्मेलनबाट परिणाम ननिस्कने समेत उनको भनाई थियो ।
कुनै पनि देशले लगानी गर्नुपुर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ र सुशासनको अवस्था कस्तो छ भन्ने कुरा हेर्छ’कोइरालाले भने,‘ती सबै कुरा नभएको देशमा कसरी लगानी भित्रन्छ ।’
जग्गादाता सम्मानित
नेपाली काङ्ग्रेस गौरादहको पार्टी भवन निर्माण गर्न सहयोग गर्ने जग्गादातालाई सम्मान गरिएको छ । गौरादह काङ्ग्रेसको पार्टी कार्यालय विपी स्मृति भवन निर्माणका लागि गौरादह नगरपालिकाका पूर्व मेयर महासमिति सदस्य रोहितकुमार शाह र उनकी श्रीमती कल्पना शाहले १८.३४ धुर र स्थानीय मिना राजवंशी र उनका श्रीमान् भगिरथ राजवंशीले २ कठ्ठा जग्गा प्रदान गरेका छन् । उनीहरुलाई काङ्ग्रेसका वरिष्ठ नेता डा.कोइरालाले दोसल्ला र प्रमाणपत्रका साथ सम्मान गरेका थिए ।
नेपाली काङ्ग्रेस गौरादह नगर सभापति गोपाल प्रसाद कोईरालाको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन महाधिवेशन प्रतिनिधि हेमन्त कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.