जन्मदिनमा ललितले दिए बृद्धाआश्रमलाई सहयोग

दमक,१६ बैशाख । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ का सदस्य रहेका दमक -७ निवासी ललित मगरले आफनो जन्मदिनमा ज्येष्ठहरुलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै भोजन खुवाएका छन् ।
कांग्रेस निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ क्षेत्र नं ५ प्रदेश (ख) अध्यक्ष समेत रहेका मगरले आइतवार दमक ४ स्थित रत्न जेष्ठ नागरिक बृद्धआश्रमलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै एक छाक भोजनको व्यवस्थापन गरिदिएका हुन् ।
वृद्धाश्रममा साथीभाई तथा शुभचिन्तकहरुसहित पुगेर उनले ती सहयोग गरेका हुन् । जन्मदिनमा गरिने फजुल खर्च हटाउन उनले बर्सेनी यस किसिमको सेवामूलक कार्य गरिआएका छन् । जन्मदिनमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा लगानी गर्न आफूले बर्सेनी यस किसिमको कार्यबाट थोरैभएपनि सहयोग गर्न पाउदाँ आफूलाई हौषला प्राप्त भएको उनले सुनाए ।

Leave a Reply

Your email address will not be published.