दमक ,२३ चैत । दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सञ्चालक तथा लेखा समितिको निर्वाचनमा मतदान सम्पन्न भएको छ । दमक- ७ स्थित पृथ्वी माध्यमिक विद्यालयको प्राङगणमा भएको मतदान विहान ८ वजे शुरु भई दिउँसो ४ वजेसम्म चलेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन कार्यक्रम अन्तर्गत गत चैत ५ गतदेखि शुरु भई आज भने मतदानको मिति तय गरिएको निर्वाचन समितिका संयोजक यज्ञ निरौलाले बताए । निर्वाचनमा ४३४९ मत अर्थात ६९.२३ % खसेको समितिले जनाएको छ ।
६ वडा क्लस्टर मध्ये क्षेत्र न. १ ( दमक १ र २ ) बाट ८०९, क्षेत्र न. २ (दमक ४ , ५ वडा ) बाट १२०५ ) , क्षेत्र न. ३ (दमक ६ ) बाट ४०८, क्षेत्र न. ४ (दमक ७ ) ५५२, क्षेत्र न. ५ (दमक ८ ) बाट ७८५ र क्षेत्र न. ६ (दमक ९ ) बाट ५८२ मत खसेको थियो । खानेपानी सञ्चालक र लेखा समिति गरि विभिन्न १२ पदमा ३३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । अघोषित रुपमा मुख्य दलहरुले गठबन्धन बनाएरनै नेतृत्वका लागि निर्वाचनमा होमिएका थिए । लामोसमयदेखि नेपाली कांग्रेसले कव्जा गरिआएको खानेपानीको नेतृत्व कसको पक्षमा जाला त्यो हेर्न भने अबको केहि घण्टा कुर्नु पर्ने हुन्छ ।
यो पटकको निर्वाचनमा दमकका ६२८२ खानेपानीका मतदाताहरुले निर्वाचनमा सहभागिता जनाएका थिए ।