नेविसंघद्धारा प्रअ बगालेलाई कारवाहीको माग

दमक, २१ चैत । नेपाल विद्यार्थी संघ कमल गाउँसमितिले कमल- ५ मंगलमय माविका प्रअ मोहन बगाले थापालाई कारवाही गर्न माग गरेको छ । संघका अध्यक्ष अनिल सम्बाहाम्फे र सचिव दिवस नेम्बाङले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गरि फेसबुकमा कमेन्ट गरेको निहुँमा प्रअ बगालेले मंगलवार कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटालाई कुटपिट गरि शारीरिक तथा मानसिक यातना दिएको भन्दै कारवाहीको माग गरिएको उल्लेख छ ।
संघले पीडकलाई कारवाही गर्न तथा पीडितलाई उचित न्याय प्रदान गर्नका लागि प्रकृया अघि बढाउन पालिका शिक्षा शाखाको  ध्यानाकर्षण समेत गरिएको अध्यक्ष सम्बाहाम्फेले बताएका छन् ।
विज्ञप्तिमा मंगलमय माविमा सञ्चालन भईरहेको एसईइ परीक्षालाई बाधा नपुग्ने गरि घटनाका विषयमा आवश्यक छलफल गरि निकास निकाल्न समेत माग गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.