कियाचु विर्तामोड ५ वडाको अध्यक्षमा बेघा निर्वाचित

बिर्तामोड ,४ चैत । किरात याक्थुङ चुम्लुङ विर्तामोड ५ वडा समितिको दोस्रो वडा अधिवेशनले चुडाकर्ण बेघालाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।शनिवार विर्तामोडस्थित साकेला भवनमा सम्पन्न अधिवेशनको बन्दसत्रले निर्वाचित समितिको उपाध्यक्षमा कमला अन्छङबो, सचिवमा देशमाया बेघा , कोषाध्यक्षमा फूलमाया तुम्रोक चुनिएका छन् ।
यसैगरि कार्यसमितिको सदस्यहरूमा कृष्ण हेम्ब्या, शिला यक्सो , भिमकुमारी लिङदेन, बजिन्द्र योङहाङ, लाखवती लम्सम मावो, प्रमिला इङनाम र मनकुमारी मादेन लगायत चुनिएका छन् ।
नव निर्वाचित कार्य समितिलाई कियाचु जिल्ला अध्यक्ष सेसेहाङ फियाकले पदीय जिम्मेवारीको शपथ ग्रहण गराएका थिए ।
अधिवेशनमा कियाचु वडाका अध्यक्ष योगेन्द्रराज कुरुम्बाङले वडा शाखाको प्रगति प्रतिवेदन ,कोषाध्यक्ष कमला अन्छङबोले १ लाख ४६ हजार १७५ बराबरको आयव्यय विवरण प्रस्तुत प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।अधिवेशनमा चुम्लुङ झापाका जिल्ला सदस्य धर्म लक्सम्बा, दिव्यकला थेबे नाल्वो, कियाचु विर्तामोड नगर अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, कियाचु महिला समूह विर्तामोड ५ की अध्यक्ष पवित्रा तेयुङ लावती, कियाचु वडा नं। ४ अध्यक्ष लगायतकाले चुम्लुङको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनमा कियाचु पूर्व जिल्ला उपाध्यक्ष जिल्ला सल्लाहकार धनराज योङहाङ, जिल्ला सल्लाहकार विर्तामोड ५ का पूर्व वडा अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन, कियाचु झापा सदस्य बन्दना नेम्बाङ, कियाचु पान्थरका पूर्व सचिव सुजन सेत्लिङ, पूर्व जिल्ला सदस्य नरेन हाङ लिम्बू लगायतको विशेष उपस्थिति रहृेको थियो ।

Leave a Reply

Your email address will not be published.