दमक,२८ फागुन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र न ५ (ख) को सभापतिमा ललित मगर चुनिएका छन् ।सोमबार दमकस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित महासंघको प्रथम प्रदेशसभा सम्मेलनले मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।सर्वसम्मत निर्वाचित समितिको उपसभापतिमा अक्षय राजबंशी, रमेश मगर, सचिवमा दिलु गुरुङ, गोपाल सिङ तामाङ, सहसचिवमा संगिता लामा शेर्पा चुनिएका छन् ।
यसैगरि, सदस्यहरुमा दुर्गा सुब्बा, सञ्जयकुमार सुनुवार, खडग माया जबेगुमा चुनिएका छन् । अधिवेशनले प्रदेश प्रतिनिधि पुरुषतर्फ देवु आङदेम्बे, धिरेन्द्र श्रेष्ठ,दिवस नेम्बाङ, उमेश तुम्रोक र महिला प्रदेश प्रतिनितितर्फ सजिना राई, दिलकुमारी राई चुनिएका कांग्रेस प्रदेशसभा (ख) का सचिव देवेन्द्रराज आङदेम्बेले बताएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा कांग्रेस प्रदेश सदस्य तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिह राई , प्रदेश सदस्य तथा दमक नगरपालिका उपप्रमुख रेगिना भटटराई , क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी ,नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा जिल्ला कार्यवहाक सभापति दिलकुमार नेम्बाङ लगायतले बोलेका थिए ।
यसअघि महासंघ दमक नगर अधिवेशनले पूर्णध्वज आङदेम्बेको अध्यक्षतामा नगर समिति गठन गरिएको थियो । महासंघको केन्द्रीय सर्कुलर अनुसार चैत १ गते क्षेत्रीय र ५ गते जिल्ला अधिबेशन सम्पन्न गरिने जिल्ला सभापति दिलकुमार नेम्बाङले बताए ।