पूर्वाञ्चल मन्टेश्वरीले १२ औँ वार्षिकोत्सब मनायो

दमक,२६ फागुन । दमक ८ स्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी बोर्डिङ स्कुलले शुक्रवार विभिन्न कार्यक्रम गरि आफनो १२ औँ वार्षिकोत्सब मनाएको छ ।स्कूलमा आयोजित कार्यक्रममा वार्षिक परिक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार
शिक्षक, अभिभावकलाई सम्मान तथा सांस्कृतिकसहित सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरि बार्षिकोत्सव मनाइएको हो ।दमक नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराईको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव कार्यक्रममा गौरीगञ्ज गाउँ पालिकाका शिक्षा शाखा प्रमुख टंक खरेल, अभिभावकहरु प्रेम दंगाल ,टंक पाठक लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा पुरयाँएको योगदानको चर्चा गदैं बार्षिकोत्सवको शुभकामना दिएका थिए ।

बार्षिकोत्सवका अवसरमा विद्यालयको शैक्षिक विकासमा योगदान पुरयाँएवापत शिक्षकहरु,उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथैं विद्यार्थीहरुले गीत,नृत्य, नाटक लगायतका मनोरञ्जनात्मक प्रस्तुतिहरु समेत दिएका थिए ।
स्कूलका संस्थापक माधव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रिन्सीपल सविता पोखरेल भट्टराईले गरेकी थिइन् ।गुणस्तरिय शैक्षिक पठनपाठन सञ्चालन गदैं आएको सो स्कूलमा अहिले कक्षा ८ सम्म पढाई हुदैआएको छ ।

Leave a Reply

Your email address will not be published.