जेम्सकी श्रेया“पब्लिक स्पिकिङ”मा बनिन् पहिलो

दमक,१८ फागुन । दमक -८ स्थित झापा मोडल अंग्रेजी मावि (जेम्स ) की छात्रा श्रेया पौडेल १८ औं एनसीसी (राष्ट्रिय स्वयंसेवा दल) सिनियर डिभिजन पब्लिक स्पिकिङ प्रतियोगितामा पहिलो स्थान ओगटन सफल भएकी छिन् ।

नेपाली सेनाको बर्दिवासस्थित मध्य पूर्वी तालिम शिक्षालयमा भएको २१ दिने आवासीय शिविरमा विभिन्न ७ जिल्लाका १५ विद्यालयबाट सहभागी एनसीसी क्याडेटस्लाई उछिन्दै श्रेयाले पहिलो स्थान ओगटेकी हुन् ।

सो कार्यक्रममा जेम्सका मात्रै ३६ जना एनसीसी क्याडेसहरुले भाग लिएका थिए । झापा मोडलका बिद्यार्थीहरुका लागि बिद्यालयले विगत केही बर्षदेखि नियमित रुपमा एनसीसी तालिम सञ्चालन गरिआएको छ । बिद्यार्थीहरुमा आआफनो रुची अनुसार भबिष्यको बाटो रोज्ने भएकाले राष्ट्र सेवा तथा मानवीय सेवामा लाग्न प्रेरित गर्ने उद्धेश्यले अतिरिक्त कृयाकलाप अन्तर्गत एनसीसी गठन गरिएको बिद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.