दमक ,४ फागुन । फोटो स्टुडियो तथा भिडीयो सुटिङमा निकै लोकप्रिय मानिएको दमकको फोटो महलले थप व्यवस्थापनका साथ नयाँ शोरुम (काउण्टर ) विस्तार गरेको छ ।दमक- ८ एनसीएलसंगै रहेको फोटो महलले आफना ग्राहकहरुको सुविधालाई मध्यनजर गरि नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
विहिबार वैद्धिक पूजापाठ गरि फोटो महलको नयाँ शोरुम सेवा विस्तार गरिएको सञ्चालक बिनोद भण्डारीले बताए । एक दशक बढी समयदेखि फोटो महलले आफनो सेवा विस्तारका क्रममा हाल रहेको स्थानकै मुखमा व्यवस्थित काउण्टर सञ्चालनमा ल्याईएको उनले जनाए ।
फोटो महल विनोदसंगै भाई विदुर भण्डारी संलग्न छन् । सञ्चालक दुई दाजुभाईले हाल एक दर्जन बढीलाई फोटो तथा भिडीयोका लागि प्रत्यक्ष रोजगारी समेत दिदैआएका छन् ।