दमक,२१ माघ । दमक -१ स्थित चुलाचुली आवासीय अंग्रेजी बोर्डिङ स्कूल अन्डर- १५ को फूटवल टोली जिल्लास्तरिय प्रतियोगितामा छनौट भएको छ । प्याव्सन झापाले आयोजना गरेको छनौट चरणको खेलमा चुलाचुलीले यहि माघ २७ देखि २९ गतेसम्म हुने जिल्लास्तरिय प्रतियोगितामा भाग लिन सफल भएको विद्यालयका खेल शिक्षक विनोद भण्डारीले बताए ।
उनका अनुसार छनौट खेलमा दमकमा २४ वटा विद्यालयले सहभागिता जनाएको छ । यसैगरि , दमक प्याप्सनले आयोजना गरेको अन्डर १२ को फूटवलमा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयले जनाएको छ । जीतसंगै अन्डर १५ तर्फ चुलाचुलीका पावल राई उत्कृष्ठ स्कोरर र अन्डर १२ तर्फ समेत चुलाचुलीकै रोमन मगर उत्कृष्ठ स्कोररका रुपमा पुरस्कृत भए । उनीहरुलाई नगरपालिकाका शिक्षा शाखा समितिका संयोजक कुवेर भट्टराई लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
प्याव्सन दमकको प्रतियोगिता माघ ९ देखि १३ गतेसम्म दमक २ स्थित मदन भण्डारी रंगशालामा भएको थियो ।
यसैगरि, चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलले बर्षेनी आयोजना गर्दे आएको नर्सरीदेखि कक्षा ५ सम्मको खेलकुद कार्यक्रम गत माघ १७ गते सम्पन्न प्रिन्सीपल चन्द्रप्रकाश राईले बताए । फूटवल तर्फ अनुस्का सदन विजयी भएको थियो । सो खेलमा उत्कृष्ठ खेलाडीका रुपमा उच्चहाङ आङदेम्बे र उत्कृष्ठ स्कोररका रुपमा प्रशान्त तामाङ घोषित भए ।