हात्तीको उपद्रो : दमकमा घर भत्कायो

दमक ,२२ मंसिर । जंगली हात्तीले दमकको उत्तरी क्षेत्रमा बस्तीमा केहिदिन यता दिनहुँ जसो उपद्रो मच्याउदै आएको छ । जंगल नजिकका दमक ३ का बस्तीहरुमा दिनहुँ जसो हात्तीले उपद्रो मच्याएर जनधनको क्षति पुरयाँउदै आएको हो ।
दमक ३ का वडाअध्यक्ष नविन बरालका अनुसार विहिबार राति ११ बजेतिर दमक स्थित ३ हंसेदुम्से सामुदायिक वननजिक घर भएका राजकुमार खड्काको टिनको छानो टाटीको बेरा भएको एकतले घर हात्तीले भत्काएको हो । दुईवटाको संख्यामा आएका हात्तीले घर भत्काएर एक बोरा चोकर खाई नष्ट गर्दा रु ४० हजार बराबरको क्षति भएको छ ।
स्थानीय र प्रहरी चौकी बाघचौरबाट खटिएको टोलीले रातिनै ती हात्तीलाई जंगलतर्फ नै धपाएको उनले बताए ।
दमकको उत्तरी चुरे क्षेत्र हात्ती प्रभावित मानिन्छ । त्यहाँ दुई साता अघि मात्र जंगली हात्तीले आक्रमण गर्दा भुटानी शरणार्थी शिविरका ७० बर्षिय पदमबहादुर तामाङको ज्यान गएको थियो । वडाले हात्ती प्रभावित स्थानमा सडक बत्ती जडान गर्नुका साथै हात्ती धपाउन साइरन जस्ता सावधानीका सरसमानहरु उपलव्ध गराउदैआएको उनले बताए ।
यसैवीच, वडाले चालु वर्षमा हात्ती पीडित १० घरपरिवारलाई जनही रु ७ हजारका दरले राहत पुरयाँएको वडाअध्यक्ष बरालले बताए ।

हात्तीले क्षति गर्यो तीन विगाहको सुठुनी
जंगली हात्तीले झापाको बाह्रदशीमा तीन विगाह खेतको सुठुनी खाएर क्षति गरेको छ ।विहिबार बिहान ३ बजेको समयमा चारकोसे जंगलबाट ८ वटा जंगली हाती आई बाह्रदशी– १ सिप्ताबारी बस्ने कमलेश गणेश र करण गिरीले संयुक्त रुपमा ३ बिगाह जग्गामा लगाएको सुठुनी खाएर क्षति गरेको हो । दिउँसो ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय राजगढमा जानकारी प्राप्त भएपछि प्रहरी टोलीले गएर हेर्दा तीन विगाह जग्गामा लगाएको सुठुनी अन्दाजी ५० क्वीन्टल खाई २ दुई लाख बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री हात्ती प्रभावित क्षेत्रको निरीक्षणमा
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको शुक्रवार निरीक्षण गरेका छन् ।विािर हबराति स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षति पु¥याएको थियो । झापा, मोरङ र सुनसरी विभित्र स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एक÷एकजना गरी चारजना सर्वसाधरणको मृत्यु भइसकेको छ ।
बेलबारी १० भाउत्रेस्थित १० बिगाहाभन्दा बढी क्षेत्रमा लगाइएको मकै, केरालगायत बालीलाई हात्तीले क्षति पु¥याएपछि मुख्यमन्त्री कार्कीले सो क्षेत्रको निरीक्षण एवं अनुगमन गरेका हुन् ।
हात्तीको आक्रमणबाट किसानलाई ठूलो क्षति भएको बेलबारी–१० का वडाअध्यक्ष गङ्गाबहादुर याखाले बताए । निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीले हात्तीलाई दिउँसोभन्दा रातको समयमा मानव बस्ती पस्न नदिन र नियन्त्रणमा राख्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले २७ वटा हात्तीको हूलले मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पु¥याएको बताए ।

Leave a Reply

Your email address will not be published.