दमक , १८ मंसिर । दमककी सामाजिक अगुवा रुपा सेलिङ (सवेहाङ) लिम्बूले आफ्नी छोरी माङ्गेनाको जन्मदिनमा दमकको सुन्दर समाज नेपाललाई १० थान कुर्सी उपलब्ध गराएकी छन् । जन्मदिनमा हुने मनोरञ्जनात्मक खर्चलाई बचाएर उनले संस्थालाई उक्त सहयोगी सामाग्री उपलव्ध गराएकी हुन् । सो संस्थाकी संस्थापक अध्यक्ष समेत रहेकी उनले आज एक संक्षिप्त कार्यक्रमका बीच संस्थाकी अध्यक्ष विन्दु (लक्की) सिटौलासहित पदाधिकारी र सदस्यहरुको उपस्थितिमा सहयोग प्रदान गरिन् ।
दमक–१ की उनी आईएमई लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाकी वरिष्ठ अभिकर्ता हुन् । दर्जन बढी सामाजिक संघसंस्थाहरु र शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा समेत प्रत्यक्ष रुपमा सहभागिता भएर काम गर्दै आइरहेकी छन् । रुपाले छोरी माङ्गेनाको यसअघिका जन्मदिनलाई सामाजिक कार्य गर्ने विशेष दिनको रुपमा मनाउँदै आइरहेकी छन् ।