दमक,५ मंसिर । झापाको कमल गाउँपालिका वडा न.५ मंगलवारेस्थित सगुन युवा क्लवले दशैतिहार,छठका अवसर पारेर आयोजना गदैं आएको सगुन सांगीतिक साँझ –२०८० लाई यसवर्ष पनि निरन्तरता दिएको छ ।
अघिल्ला बर्ष झै यसवर्ष पनि क्लवले सोमबार १७ औ संस्करणका रुपमा सगुन साँझसहित देउसीभैलीको आयोजना गरि सम्पन्न गरिएको अध्यक्ष देबेन्द्रराज आङदेम्बेले बताए ।मंगलवारे वजारमा आयोजित सो कार्यक्रममा चर्चित कलाकार विल्सन विक्रम राई (तक्मे बुढा ) लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति दिएका थिए । तक्मे बुढाले आधा घण्टा बढी हाँस्य तथा गायन प्रस्तुति दिएर भरपूर मनोरञ्जन दिलाएका थिए ।
क्लवका अध्यक्ष देवी आङदेम्बेको अध्यक्षता तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी ,कमल १ का वडाअध्यक्ष केदार कटुवाल,२ का वडाअध्यक्ष अशोक सुव्वा, ३ का अध्यक्ष अग्नि कोइराला,नेपाल भारत मैत्रीयुवा संघ झापाका अध्यक्ष राजकुमार न्यौपाने लगायतका सामाजिक अगुवाहरुको , सर्वसाधारणहरुको उल्लेखीय उपस्थिति रहेको थियो । सो अवसरमा क्लवमा योगदान पुरयाँएवापत पूर्व शिक्षक तथा खेलप्रेमी डम्बरकुमार राईलाई सम्मान गरिएको थियो ।
त्यस्तै, क्लवले तिहारमा खेलिने देउसीभैलीलाई संस्थागत तथा सामूहिक रुपमा विधिवत समापन समेत गरिएको सचिव रोशन दाहालले बताए ।सांगीतिक साँझ क्लवका उपाध्यक्ष दिपेन्द्र राई संयोजकत्वमा भएको थियो भने सञ्चालन सचिव दाहाल र बावरी बान्तवाले गरेका थिए ।कार्यक्रममा दमकको भिजन डान्स सेन्टरका नृत्य टोलीले सांगीतिक नृत्य समेत प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गरेका थिए ।