दमक,५ मंसिर । दमक -६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरि आफनो १२ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।स्थानीय पशुपति मन्दिरमा मंगलवार आयोजित माइन्यूट प्रमाणिकरणसहितको बार्षिक साधारणसभाले सञ्चालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन तथा लेखा समितिबाट प्रस्तुत लेखा प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरिएको व्यवस्थापक कुवेर तुम्बापोले बताए ।
जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेमप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको सो सभामा शेयर सदस्यहरु मध्येका ज्येष्ठ सदस्यहरु,असल ऋणी, उत्कृष्ट बचतकर्ताहरु ,फाल्गुनन्द पत्रकारिता पुरस्कार वितरण लगायतका कार्यक्रम गरी साधारणसभा सम्पन्न गरेको हो ।
सम्मानित ज्येष्ठहरुमा शिवसताक्षी -१ का आन बहाखुर लिम्वू,दमक -१का हस्त बहादुर वेघा ,दमक- ८की सरोपती विश्वकर्मा,हल्दीवारी -१ का शान्ताकुमारी काम्वाङ्ग,शिवसताक्षी -८की लोकमाया लावती , रामप्रसाद लिम्वू र,मोरङ्ग ,उर्लावारी -६ की गजमति लिम्वू र तिल बहादुर लिम्वू रहेका छन् ।
यसैगरि, असल ऋणीबाट दमककी भीमकुमारी नुगो,कमलकी रेनुका राई ,दमककी मिना कुमारी लिम्वू लगायतलाई पुरस्कृत गरेको संस्थाकी कोषध्यक्ष इक्सा लिम्वूले बताईन् ।
कार्यक्रममा दमक १ की राममाया बस्नेत ,अंकित बडुवाल र जनक सिंह जवेगु ,इलाम,चुलाचुलीका थेवा फुरुम्वो तथा उर्लावारीकी निता लावती र धनसिह तुम्वाहाम्फे लगायतका एक दर्जन उत्कृष्ट बचतकर्तालाई समेत पुरस्कृत गरेको छ ।
त्यस्तै, सहकारीका परिवार सदस्यबाट मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर गरेका झापा, हल्दिवारी २ की तिरुपा कन्दङवा, शिक्षा संकायमा स्नाकोत्तर गरेका शिवसताक्षी १ की बिष्णुदेवी चेम्जोङलाई फाल्गुनन्द शैक्षिक सम्मान गरिएको थियो ।
संस्थाले दमकसहित इलामको चुलाचुली, झापाको विर्तामोड र झिलझिले तथा मोरङको उर्लाबारीमा सेवा केन्द्र स्थापना गरी सदस्यहरुमाझ कारोबार गर्दैै आएको छ । सो संस्थामा हाल शेयर सदस्य संख्या २ हजार २ सय ४५ जना छन् । संस्थाका अध्यक्ष संकल्प लिङदेनका अनुसार कार्तिक २२ गते विर्तामोड,२३ गते झिलझिले, २४ गते उर्लावारीमा इकाइगत साधारण सभा सम्पन्न गरी मंगलवार भने माइन्यूट प्रमाणिकरण तथा निर्णय एकीकृतसहित साधारण सभा सम्पन्न गरेको छ ।
साधारणसभामा प्रमुख अतिथि कोइराला, संविधानसभा सदस्य विश्वदिप लिङदेन, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम,जिल्ला सहकारी संघका लेखा संयोजक चुडामणी ओझा, पुरस्कृत पत्रकार लामा लगायतले बोलेका थिए ।
