दमक,१६ कार्तिक । दमकको सामाजिक तथा राजनीतिक वृतमा चिनिएको नाम हो , सत्यनारायण चौधरी । लामोसमयदेखि नेपाली कांग्रेसको राजनीतिक नेतृत्वमा काम गरिआएका दमक १ निवासी चौधरी कांग्रेसका महाधिबेशन प्रतिनिधि हुन् ।
लगातार दुई पटक महाधिबेशन प्रतिनिधिको जिम्मेवारी सम्हालिआएका उनी यस क्षेत्रबाट अव भने महासमिति सदस्यका लागि उम्मेदवार बन्ने जनाएका छन् । महाधिबेशन प्रतिनिधि दुई दुई पटक चुनिएर काम गरे, अव महासमिति सदस्यको जिम्मेवारी बहन गरेर पार्टीमा योगदान पुरयाँउने इच्छा रहेको उनको भनाई छ । उनले भने, ‘ यस क्षेत्रबाट अव महासमिति सदस्यका लागि खुलाबाट उम्मेदवार वन्ने घोषणा गर्दछु’
यस क्षेत्रमा पार्टीलाई सुढृण मात्र नभएर जनताको पार्टी बनाउन आफूले महासमिति सदस्य भएर काम गर्नका लागि उम्मेदवार बनेको उनको दावी छ । उनले पार्टीप्रतिको लगानी,निष्ठालाई मूल्याङ्गकन गरेर यस क्षेत्रका प्रतिनिधिहरुले महासमिति सदस्यलाई चुन्ने विश्वास व्यक्त गरे ।
मिजासिला , सरल स्वभावका धनी उनी कांग्रेसको गत फागुनमा काठमाण्डौमा सम्पन्न १४ औ महाधिबेशनमा सम्मानजनक मत ल्याएर केन्द्रीय सदस्यमा पराजित भएका थिए । त्यो महाधिबेशनमा देशभरिका कांग्रेस प्रतिनिधिले धेरै माया गरे,अव आफनै क्षेत्रको यो निर्वाचनमा पक्कै पनि मलाई माया गर्नुहुनेमा उनी विश्वस्त छन् ।
सबै महाधिबेशन प्रतिनिधि उम्मेदवार
महासमिति सदस्यका लागि यहि कार्तिक २५ गते निर्वाचन गर्ने तयारी झापा कांग्रेसले गरेको छ । महासमितिको निर्वाचन कांग्रेस झापाको १८ कार्तिकमा बस्ने जिल्ला कार्यसमितिले मिति घोषणा गर्ने स्रोतको भनाई छ ।
ठ्याक्कै मिति तय नभएपनि यस क्षेत्रमा भित्रभित्रै निर्वाचन लागिसकेको छ । यस झापा क्षेत्र न. ५ का सवै महाधिबेशन प्रतिनिधिहरु महासमिति सदस्यका लागि उम्मेदवार हुने पक्कापक्की जस्तै भईसकेको छ ।
झापाका ५ वटा क्षेत्रमा लगभग सहमतिबाट महासमिति टुंग्याउन निकै सकस पर्ने देखिएको छ । यस क्षेत्रमा २५ जना महाधिबेशन प्रतिनिधि छन् भने त्यहीबाट ११ जना महासमिति सदस्य छानिने छन् ।
एक जना महाधिबेशन प्रतिनिधिले पार्टीमा पूराना महासमिति सदस्यहरु दोहोरयाँउनेदेखि प्रदेश समितिका सदस्यहरु तथा महाधिबेशन प्रतिनिधि भएका नयाँ अनुहारका युवा पुस्ताहरु पनि उम्मेदवारका दावेदार हुनु स्वाभाविक भएको बताउँछन् । ११ जना चुनिने महासमिति सदस्यमा खुलातर्फ ५ जना, खुला महिला २ जना, आदिवासी जनजाति महिला र पुरुष गरि एक÷ एक गरि दुई जना, खस आर्य पुरुष २ जना र खस महिला २ जनाको कोटा रहने व्यवस्था छ । महासमिति छान्न क्षेत्रभरिका ७ सय बढी प्रतिनिधिहरुले मतदान दिने बताईएको छ ।
यी हुन महाधिबेशन प्रतिनिधिहरु
खुल्लातर्फ १० जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हुकुमसिंह राई, डा. खगेन्द्रपाण्डव अधिकारी, रोहितकुमार साह, हेमन्त कार्की, सुरेश सुब्बा, राजनबहादुर ढुङ्गाना, मेदनीप्रसाद सिटौला, अनिलकृष्ण प्रसाईं, भुपालराज कटुवाल र टीकाराज सापकोटा निर्वाचित भएका थिए भने खुल्ला महिलातर्फ महेन्द्रकुमारी लिम्बू, रेगिना भट्टराई प्रसाईं, लक्ष्मी बाराकोटी ,तुलसा पन्त विजयी भए भने आदिवासी जनजाति समूह (पुरुषतर्फ) अइन्द्र विक्रम केरुङ र भूमिराज राई ,आदिवासी महिलामा रमा लिम्बू र फुलवती राजवंशी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
त्यसैगरी खस आर्य पुरुषतर्फ विक्रम अधिकारी , डा. नेत्र बुढाथोकी ,खस आर्य महिलातर्फ मन्दरा चिमरिया पौडेल , चन्द्राकुमारी खडका र मधेसी कोटामा सत्यनारायण चौधरी र अल्पसङ्ख्यकमा नीरज अग्रवाल निर्वाचित भएका थिए । ती सवै यसपटक महासमिति सदस्यका उम्मेदवार हुने आकांक्षीमा छन् ।