मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु

गौरीगञ्ज ,११ कार्तिक । झापाको गौरीगञ्ज -५ पेट्रोल पम्प नजिकै भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार बेलुकी करीव ७ बजे सो ठाउँमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा मोरङ, रतुवामाई नगरपालिका वडा नं ५ का ६० बर्षिय कैलाप्रसाद ताजपुरियाको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को३३प ६३६४ को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको को२८प ३०८६ मोटरसाइकल एकापसमा ठोक्किएका थिए । सो क्रममा ६३६४ नम्बरको मोटरसाइकल चालक ताजपुरियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना लगत्तै उनलाई दमकको निम्स हस्पिटलमा उपचार गर्न ल्याउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।दुर्घटनामा अर्का मोटरसाइकल चालक ३२ बर्षिय तुलसी ताजपुरिया भने सामान्य घाईते भएको उनको पनि सोहि अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.