डुडामारी,३ कार्तिक । झापाको धरमपुरमा सञ्चालित दोस्रो फुलबारी नकआउट फुटवल प्रतियोगिताको उपाधि इभरग्रीन इलामले जितेको छ ।आज भएको फाइनल खेलमा सिड्स एफ सी चुलाचुलीलाई ट्राइबेकरमा पराजित गर्दै उपाधि चुमेको हो । निकै प्रतिस्पर्धात्मक भएको खेलको निर्धारित समयसम्म दुबैतर्फ गोलरहित बराबरी भएपछि खेल ट्राइबेकरबाट छिनोफानो भएको हो । दुबै टिमले गोल लगाउने धेरै राम्रो अवसर पाए पनि गोल भने हुन सकेन् ।
फुलबारी सेवा संगम क्लब शिवसताक्षी १ धरमपुरको आयोजनामा भएको प्रतियोगिताको बिजेता र उपबिजेताहरुलाई नगर प्रमुख मेघाहाङ्ग थोप्राले पुरस्कार बितरण गरे ।
प्रतियोगिताको म्यान अफ द म्याच बिजयी टिमका सुगम लिम्बू घोषित भए ।
खेलको उत्कृष्ट गोलकिपर बिजयी टिमका प्रशान्त सिन्चीउरीले पाउँदा धेरै गोलकर्ता फ्रेण्डस क्लबका विशाल तामाङ्ग घोषित भए ।गत असोज २१गतेदेखि सञ्चालन भएको प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद १५हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष दिलबहादुर लिम्बूले जानकारी दिए ।