कमलमा वडास्तरिय फुटबल : कमल ३ विजयी

कमल, १ कार्तिक । झापाको कमल गाउँपालिका-७ विष्णुकठ्ठास्थित सिंहदेवी आधारभुत विद्यालयको खेल मैदानमा सञ्चालित चौथो अन्तर वडास्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८०को बुधवार सम्पन्न खेलमा कमल ३ विजयी भएको छ ।
खेलमा वडा न ४ लाई ३–० को फराकिलो गोल अन्तरले पराजित गदैं वडा न ३ सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलका म्यान अफ दि म्याचबाट वडा न ४का खेलाडी प्रविन तामाङ पुरस्कृत भए ।
आयोजक कमल गाउँपालिका खेलकुद विकास समितिका सदस्य बिक्रम निरौलाका अनुसार भोलि विहिबारबाट सेमिफाईनल खेल सुरु हुदै छ । सेमिफाइनलको पहिलो खेल वडा न ६ र वडा न ५ वीच प्रतिष्पर्धा हुदै छ ।
पालिकाको आर्थिक सहयोगमा गत २९ असोजदेखि शुरु भएको प्रतियोगितामा विजेता, उपविजेता टिमले क्रमशः ४० हजार र २५ हजार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक तेजकुमार राईले बताए ।

 

Leave a Reply

Your email address will not be published.