दमक, २७ असार । नेपाल उद्योग तथा ब्यवसायी महासंघ दमकको अगुवाईमाआज साँझदेखि दमकको मुख्य गणतन्त्र चोकमा सडकबत्ती बालिएको छ । गणतन्त्र चोकमा चारैतिर राखिएको बत्ती महिनौ दिन हुदाँ सम्म पनि मर्मत गर्न सम्बन्धित निकायले चासो नदिएपछि महासंघका प्रदेश सदस्य बिमल खतिवडा, नगर अध्यक्ष रमेश लुइटेल सहितको अग्रसरतामा बत्ती जडान गरिएको हो । स्थानाीय व्यवसायीहरुले बारम्बार बत्ती बनाउन माग गर्दा पनि कतैबाट नबनाईएको गुनासो गरेपछि महासंघको अगुवाईमा चार वटा बत्ती जडान गरि झिलिमिली गरिएको महासंघका नगर अध्यक्ष लुइटेलले बताए । अन्यत्र पनि बत्ती बाल्नका लागि आवश्यक प्रयास भइरहेको पनि उनले सुनाए। दमक चौंकमा पुनः सडकबत्ती जडान गरिएपछि त्यसआसपासका व्यवसायीहरुलाई राहत पुगेको छ । महासंघमा आवद्ध व्यवसायीहरुले रु २५ हजार रकम जुटाएर त्यहाँको सडक बत्ती पुनः सुचारु गरेको अध्यक्ष लुईटेलले बताएका छन् ।
उनका अनुसार गणतन्त्र चौंकबाहेक दमक चौंक आसपासका मुख्य राजमार्गका सडकबत्ती पुनः सुचारु गर्नका लागि नगरपालिकासंग आवश्यक पहल भईरहेको छ ।
दमकको मुख्य गणतन्त्र चोकका सडक बत्ती मर्मत नहुदाँ महिनाअघि देखि चौंक साँझ पर्नासाथ अन्धकारमय हुदैआएको थियो । दमक चौंकमा लामोसमयदेखि पुस्तक तथा स्टेशनरी व्यवसाय सञ्चालन गरिआएका ज्ञानु श्रेष्ठले नगरपालिकासहित दमक उद्योग वाणिज्य संघका अध्यक्ष लगायतका जिम्मेवार व्यक्तिलाई पटक पटक सडकबत्ती मर्मत गर्न माग गरिआएपनि कसैले यसप्रति संवेदनशील नभएको गुनासो गरे । मुख्य चौंकमा बत्ती पुनः जडान गरिएपनि चौंकको आकासेपुल,पश्चिम बसस्टेण्ड लगायतका मुख्य क्षेत्रका सडक बत्ती अझैपनि अन्धकार हुदाँ आफूहरु असुरक्षित हुनुपरेको गुनासो गरे ।
सडक बत्तिको उचित ब्यवस्थापन नहुँदा दमकका चौंक क्षेत्रमा रातीपखँ झैझगडा ,दुर्घटनाका घटनाहरु हुदैआएका छन् ।