-डा.लेखनाथ न्यौपाने
वरिपरी हरिया बडेमानका लस्करै डाँडा । हरेक डाँडा छुट्याउने खोला अनि खोल्सा । डाँडाका भिराला फाटमा हार मिलेर बनेका घर, पाली अनि मकैका अग्ला थाङग्रा । वारी डाँडाबाटै प्रस्ट देखिने । तिनै डाँडा मध्येको एउटा डाँडोको टारमा हाम्रो घर । पारीपट्ट फुएतप्पा, पूर्वपट्टि एकतप्पा, बीचमा हाम्रो गाउँ लुम्दे अनि दक्षिण्तिर नाङरुङ । लुम्दे, नाङरुङ, अनि फुएतप्पाको सिरानमा रबि बजार । सदियौं देखिको पाँचथर र इलामको सङ्गममा बसेको बजार । गाउँका सबैजसो मानिसको किनमेल गर्ने ठाँउ ।
हरेक १५ दिनमा अथवा औंसी र पूर्णिमामा बजार लाग्ने । बजारका दिन छिरी नसक्नुको भिड । सेल रोटी पकाएर बेच्नेदेखि जाँडरक्सी, बाख्रा, परेवा, कुखुरा, सुगुर, कपडा, मनियारीदेखि अन्नपात सबै फिजाएर राखिने । अरु दिन आवश्यकता पर्दा मात्र मानिसहरु बजार जाने । यसरी नै यिनै गाउँको फेद(बेसी)ले छोएको ठाउँमा गजुरमुखी धाम । पुर्वकै प्रख्यात गजुरमुखी (कान्छी देवी) को मन्दिर । ओडार भित्र आफै उत्पन्न भएकी देवी । उहिल्यै एकजना बोल्न नसक्ने लठेब्रोले गाइबाख्रा चराउन जँदा देवी जस्तो देखेर नमस्कार गरेपछि उसको बोली फुटेको भनाइका आधारमा पूजाआजा सुरु भएको मानिने । यो मन्दिर परिसरमा कात्तिके पूर्णिमामा ठूलो मेला लाग्ने लामो इतिहास रहेको । युवा युवतीहरुको रमाइलो पालम, धाननाँच, बुढापाकाको बालनलगायतले रातकाटेको पत्तै नहुने । विहान झिसमिसेमै नदीमा नुहाएर माताको दर्शन गर्नेको लामो लस्कर । तर आजकल यहाँ मेला लाग्दैन रहेछ । माओवादी द्धन्द्ध सुरु भएपछि तिर्थालुलाई तर्साउने, अनावश्यक पैसा, चन्दा माग्ने काम भएबाट त्यस्तो ठूलो मेला बत्न्द भएको देखेर मन खिन्न भयो । पहिला सानामा मेला भर्न जाँदाका सुन्दर स्मृति गतसाल त्यहाँ पुग्दा त अनौठो लाग्यो । कात्तिके मेला लाग्ने ठाउँ पो होइनकी जस्तो लाग्यो । देउमाई खोलाको बगरमा लाग्ने मेला भएको ठाउँमा त बडेमानका घर देखेर तिनै गजुरमुखी देवीलाई पुनः यो मेला लागाउने सतबुद्धि यहाँका मानिस( राजनितिज्ञलाई) आओस भन्ने कामना गरें र आफुले पनि यिनै गजुरमुखी देवीको आर्शिवादले खुट्टा टेकेर हिँडन सकेको सम्झदै मातालाई ढोगेर विदा भएँ । मानिसका असिमीत माग भन्दा पनि सदबुद्धि प्राप्त होस, हाम्रो परम्परा, सस्कृति प्रगाड बनेर जाओस । हाम्रा सन्ततिले पनि नेपाल र नेपालीको यस्तो अनेक जाती, धर्म, सस्कृति अनि सदभाव जस्ताको तस्तै देख्न र अनुभव गर्न पाउन भन्ने कामना उनै देवीलाई सुनाएँ ।
२०३५-३६ साल तिरको कुरा हो, म ८-९ वर्षको थिएँ । हरेक वर्ष आउँने दसैं, तिहार पर्व विशेष खास हुन्थ्यो हामी केटाकेटीका लागि । ती चाड यसरी भित्रिन्थे कि जसको वर्णन निक्कै लामो हुन्छ । हरेक सालको बर्खा सकिँदै गएपछि सरद ऋतुको उपस्थितिसँगैे चाडपर्वको आगमनले खुसीको वर्षा सुरु भईसकेको हुन्थ्यो । आकास खुल्दै जाने, पानी पर्न कम हुँदै गएपछि निलो आकाशको बिछट्टै सुन्दरताले तिहारमा फुल्नु पर्ने सयपत्री लगायतका फूलका बोटहरुले आगनमा मधुर बासना र हरियाली छर्न थाल्दथे । बारीमा मकै पाक्ने चाजोपाजोमा घोगा र जुँगाको कम्पिडिसन देख्न सकिन्थ्यो । मकै बारीमा कोदो रोपाई र फर्सी, सिमी आदिको गोडमेल, खेतमा धान गोडाई जस्ता काम हुन्थे । हारोपर्ममा गरिने काम र खेतबारीमा गुन्जिने भ्mयाउरे आदिले त्यसै खुसीका पलहरु वढेका हुन्थे । हो, नागपञ्चमीको पर्वले चाडपर्व सुरु भएको संकेत दिन्थ्यो भने कुसेऔंसी र तिजले आमा दिदीबहिनी र परदेशमा रहेकाहरुलाई पनि घरको निम्तो दिन्थ्यो ।
जब दशमीको दिन आउथ्यो खुसीको सिमा रहन्थ्यो । नयाँ नाना लगाएर बुबाआमका हातको टिका थापेर दहि च्युरा खाएर आफन्तकहाँ टिका थाप्न जाँदा जुन खुसी हुइन्थ्यो आज सम्झिदा अनौठो लाग्छ । त्यसपछिको खुसी त झनै वर्णन गर्न योग्य लाग्छ । टिकाको दिन आफन्तजनका हातको टिका थाप्नै व्यस्त भइन्थ्यो । घरमा गाईबस्तु र बाख्रालाई घासपानी दिन र घाँस काटेर थुप्रयाउने चलन थियो । यसो गर्नुको कारण भने भोलीपल्ट मावल गइन्यो । विस्तारो हिँडदा एक दिन लाग्ने मामल कुरुम्बा ५,६ घण्टामै पुगिन्थ्यो । मामा माइजु अनि हजुरबुबा आमाले माया गरेर टिका लगाइदिने, मिठो मसिनो खान दिने अनि भाना भान्जालाई दक्षिणा दिने चलन थियो । अन्यत्र भने दक्षिणाको खासै चलन थिएन । सम्झनामा सधै रहने कुरा चै के थियो भने जेठा मामा जो १०० वर्ष जिवित रहनु भयो, वहाँले टिका लगाएर त्यो समयको दश पैसा या चार आना हातमा दिदै भन्नु हुन्थ्यो “ भान्जा घर जादा बाटामा गलिन्छ होला यसले घोडा किनेर चढेर जानु है ।” खासमा मामा हामीहरुलाई धेरै धेरै माया गर्ने अनि हसाउने पनि गर्नु हुन्थ्यो त्यसैले हसाउनलाई यसरी भन्नु हुन्थ्यो । हामीभने घर फर्किदा दक्षिणा पाएका पैसाले बाटाका पसलमा राता मिठाई किनेर खाँदै मुख रातै पारेर घर आइपुग्थ्यौ । उसबेला चकलेट भनेकै राता मिठाई हुन्थे । बाटामा कही पिङ खेल्न भेटियो भने झनै रमाइलो हुन्थ्यो ।
…………………………………………………………………………………………………………………………………………………………………………………
तिज एउटा यस्तो पर्व हो जसले टाढा टाढा रहेका आप्mना सन्तानलाई भेट गराउने, दिदी अनि फुपुहरुलाई लिन जाने । घरमा घिउ तेलको जोहो गर्न थालिन्थ्यो । खाने तेलका लागि कोलको सरसफाई देखि तोरी पेल्ने, मिठो मसिनो खानका लागि ढिकीमा धान कुटने, चिउरा कुटने, तरकारीको जोहो गर्ने जस्ता व्यवहारिक काम सुरु हुन्थे । पहाड र हिमालमा बस्ने धेरैजसो मानिसहरुले धानको भात बर्षैभरि खान पाउदैनन । एसो चाडपर्वमा खान पाइने धानको भात अब आउने चाडपर्वले खान पाइने खुसीले पनि मनैदेखि चाडपर्वको स्वागत गरिन्थ्यो । तिजमा माइत सम्झेर आउने दिदीबहिनी अनि फुुपुहरुको माया र स्नेह अनि कोसेली खान पाउदा आउने आनन्द बेग्लै हुन्थ्यो । दुई दिन भए पनि ढिकीजातो छोडेर माइत आएका दिदीबहिनी र आमा बुबको मिलन असाध्यै महत्वको हुन्थ्यो । भलाकुसारी हुन्थे ।
तिजपछि आउने सोह्श्राद्धमा पनि रामइलो नै हुन्थ्यो । मुख्य चाड दसैंअघि नै बाटाघाटा सरसफाई गर्ने काम सबै गाउले मिलेर गर्ने गजवको प्रचलन थियो । हरेक घरबाट सहभागी भएर बाटा सफा गर्ने, चौतारा, धारा, कुवा सफा गर्ने गरिन्थ्यो । आफु सानै भए पनि यस्ता काम गर्न सधै अगाडी रहने गरेको स्मृतिमा ताजै छ ।
सबै भन्दा महत्वपूर्ण काम भनेको घरको रङपोत गर्नु । यो काम हरेकले गर्थे । त्यो समयमा सबै जातका, जुनसुकै धर्ममा आस्था राख्नेहरुले पनि खुसी साथ गाउँका सामाजिक काम र घर लिपपोत गर्थे । आजको जस्तो रङ हुने कुरै भएन । घरबाट धेरै टाढा रातो माटो पाइन्थ्यो । रातो माटो र कमेरो(चुना जस्तो सेतो) माटो थुन्से या बोरामा बोकर ल्याउनु पर्दथ्यो । यो काम निक्कै कठिन र जोखिमपूर्ण भए पनि गर्नै पर्दथ्यो । यसरी माटो निकाल्ने क्रममा केहि मानिसहरु डिस्को खसेर पुरिएर मर्थे पनि । त्यहाँबाट ल्याएको रातो माटो र कमेरोले घरका भित्ता पोत्ने चलन आजसम्म पनि यदाकदा देख्न सकिन्छ । घरका लुगा सफा गर्न ठूला ठूला भाँडामा खरानी पानीमा पकाएर धुने गरिन्थ्यो । साबन कमै प्रयोग हुन्थे । नुहाउन भने रिठ्ठो कुटेर रस निकालेर टाउको नुहाउने र जिउ खरानीले माडने पनि गरेको देखिन्थयो ।
हम्रा कुप्री हजुरबरबाले बनाउनु भएको ठूलो तिनतले घर १९९० सालको भूकम्पले चर्किएको थियो । त्यस घरलाई लडाएर अर्को घर बनाउन बुबाआमाले सक्नु भएको थिएन । घर बनाउने कुरा चल्दा चल्दै हजुरआमा वित्नु भएछ । त्यसपछि काका पनि जो जागिरे हुनुहुन्थ्यो छुट्टिएर अलिक परको खायलमा घर बनाएर बस्न जानु भयो । वहाँको परिवार पनि गएपछि हामी ४ छोरा र आमाबुबा मात्र त्यो बडेमानको चर्केको घरमा बस्तै आएका थियौ । घरको तिन तला मध्ये माथिका दुई तलाका बरण्डामा घरको सपोर्ट हुने गरि ठडयाइएका काठका कडीहरुमा मकैका झुत्ता राखिन्थ्यो । यसरी राख्दा मकै संरक्षित रहन्थे । त्यस्ता ठाउँमा अडिएर घरमा रङ लगाउनु सहज थिएन । तर हामी दाजुभाई मिलेर सो काम फत्ते गर्थयौं । बुबालाई व्यवहारिक कामले फुर्सद हुँदैनथ्यो । आमा घरको काममा व्यस्त ।
म घरको सानो सदस्य । दाजुहरु घर पोत्ने काममा लाग्नु हुने भनेपछि म चाहीँ धाराबाट साना बाल्टी र डुङ्ग्रामा पानी ओसार्थे । मनमा खुसीयाली यति हुन्थ्यो कि विधालयबाट आएर घास काटने र अन्य काम गरेर पनि हामी विदाका दिन घरका सबै कामहरु समयमै सिध्याउथ्यौं । गाउँका बीचमा लगाउदै गरिएको लिङ्गे पङि हेर्न पनि पुग्थ्यौ । साथीभाई दौतरीसँग यसपाली नयाँ नाना पाउने आसामा खुसी साटासाट गथ्यौं । घर पोत्ने काम सकेपछि बुबा या आमाले रबि बजार या दमकतिरबाट कपडा लग्नु हुन्थ्यो । अब भने दसैकालागि कपडा सिलाउने काम हुन्थ्यो । वर्षभरिमा कपडा भनेका यिनै हुन्थे । घरमा फेरफारे बाहेक विद्यालय जाँदा पनि यिनै कपडाले वर्ष दिन धान्थे ।
सबैभन्दा रोचक त के हुन्थ्यो भने, कपडा सिलाउने दर्जीलाई बालिघरे भनिन्थ्यो । अर्थात वर्ष भरिको कपडा सिलाए वापत निस्चित अन्न दिइने गरिन्थ्यो । पैसाको खासै चलन थिएन । लगभग जमरे औसीदेखि हाम्रा घरमा दर्जी बा आप्mनो सिलाउने मेसिनसहित आउनु हुन्थ्यो । वहाँ घरको आँगनको एक छेउमा बसेर खट्ट खट्ट मिसिन चलाएर कपडा सिलाउनु हुन्थ्यो । मेरो कपडा नाप्ने पालामा “ए बाहुन नानी आउ” भनेर बोलाउदा आफुलाई भने लाज र डर लाग्थ्यो । लजाउदै छेउमा गएर बस्थे । खासमा कुतकुती लगाएर हैरान पार्ने वहाँले कहिले काही दारी दलिदिएर अरु हैरान त्यसैले म डराउथेँ । ति लुगा सिलाउने वित्तिकै लगाउन पाइन्थ्यो । टिकाका दिन मात्र लगाउन पाइने भएका कारण कहिले टिकाको दिन आउला र नयाँ नाना लगाउन पाइन्छ भनेर औला गनेको याद ताजै छ । घटस्थापनामा राखिएका जमरा कत्रा भए भनेर डालो हटाएर हेर्थे । आमा भने यसले जमरा हरिया बनाउने भयो भनेर चिन्तित हुनुहुन्थ्यो । खासमा जमरा पहेला हुनपर्छ ।
अस्टिमीको दिन विशेष हुन्थ्यो । यो दिन दहि च्युरा खान पाइने हुँदा हामी केटाकेटी बिहानै देखि कति बेला पूजा सकिन्छ र खान सुरु गर्ने भन्ने उत्साहले सबेरै धारामा नुहाएर आइन्थ्यो । गाईवस्तु र बाख्रालाई घास काटने र खोलेपानी खुवाएर सकिन्थ्यो । खाने बेला भएको छैन भने एकछिन भए पनि पिङ खेल्न गइन्थ्यो । बुबाले जमरे औसीदेखि नै चण्डी पाठ गर्नु हुन्थ्यो । त्यसदिन होमादी पनि गरिने हुँदा ढिलो हुन्थ्यो । पेटमा भोक भएकाले हामी चाडै घर फर्किएर दही च्युरा खान बस्थ्यौं । कति आनन्द हुन्थ्यो त्यो ठेकीमा जमाएको दहि, ढिकिमा कुटेका चाम्रा च्युरा, केरा अनि चिनी पनि मिसाएर मुछेर खाँदा । अघाउन्जेल खाएर फेरि पिङ तिरै ध्यान दौडिन्थ्यो । कसले बढी पिङ मच्चउने भन्नेमा खुबै प्रतिस्पर्धा हुन्थ्यो तर म त सानै थिएँ । दाजुहरुले धेरै मच्चउनु हुन्थ्यो । हामी साना केटाकेटी भने पालो पर्खिने र हेरेरै रमाइलो मान्थ्यौं । आज सम्झिदा ति दिनहरु आफैले भोगीयो के जस्तो लाग्छ । आजका दिनमा त युवा नै छैनन गाउँमा कस्ले लगाउने पिङ ? गाउँनै खाली छन् । घरमा बस्ने मान्छे नभएपछि खण्डहर बनेका घरहरुले मन अमिलो हुन्छ । २०७६ सालमा म जन्म गाउँ पुगेको थिएँ । विधालय केहि राम्रा देखिन्थे तर विधार्थी दुइचार मात्र । आफुले क ख सिकेको विधालयलाई २०० पुस्तक अनि पाठ्य सामग्री लिएर पुथ्दा युवा विहिन गाउँ देखेर भोलीको नेपालको कल्पनामा डुबेछु । बादरहरुको सामराज्य देख्न सकिन्छ हरेक गाउँमा । घरसम्मै बादर आउने । सबै बारी र खेतमा रुख जङ्गल । खेती नगण्य । घरमा त बुढाबुढी बाआमा अनि केटाकेटी मात्र । मनमा अनेक प्रश्न तेर्सिए । गण्तन्त्र कसका लागि ल्याएको ? जब सामान्य नागरिक पनि देशमा बस्न र कमाएर खान सक्ने अवस्थामा छैन भने कसले खुसी मनाउला र यो देशमा ? मन अमिलो भयो, साम्झे यदि म पनि चिकित्सा पेशामा नभएको भए कि त खाडी मुलुकमा हुन्थे कि त कतै ।
मनमा अनेक प्रश्नहरु उरालिएर आउँछन् । के अब देश विकसित भएको हो त ? देश विकसित हुँदा संस्कृति यसरी नै मासिएर जाने हो ? आधुनिक भए भन्दैमा चाडपर्व मनाउन पनि छोडने हो ? संस्कृति भुलने हो ? तिजका नाममा एक महिना अगाडिदेखि तडकभडक गर्ने हे ? जन देशको सस्कृति र परम्परा कमजोर भएर जान्छ, बाहिरी देशको सिको हुन थाल्छ, धर्म परिवर्तनमा तिब्रता आउछ, गाउँ खाली हुँदै जान्छन्, सहर खचाखच हुँदे जान्छन्, खेती नभएपछि देश परनिर्भर हुँदै जान्छ, उधोग नभएपछि मजदुर बाहिरन्छिन् । विश्वविद्यालय राम्रा नभएपछि विद्यार्थी बाहिरिन्छन् । हो, आज यस्तै भएको छ । देश बनाउने नेताहरुले आप्mनो महल बनाएपछि, कर्मचारीले गोजी भरेपछि, विदेशीले आप्mनै धर्म र स्वार्थ लादेपछि के नै पो हुन सक्छ र ? अब त अति भयो । जागौं हामी सबै । लागौं हामी सबैं । मिलौं हामी सबैं । युवालाई जिताऔं । भिजन भएकालाई सघाउँ ।
……………………………………………………………………………………………………………………………………………………………………..
जब दशमीको दिन आउथ्यो खुसीको सिमा रहन्थ्यो । नयाँ नाना लगाएर बुबाआमका हातको टिका थापेर दहि च्युरा खाएर आफन्तकहाँ टिका थाप्न जाँदा जुन खुसी हुइन्थ्यो आज सम्झिदा अनौठो लाग्छ । त्यसपछिको खुसी त झनै वर्णन गर्न योग्य लाग्छ । टिकाको दिन आफन्तजनका हातको टिका थाप्नै व्यस्त भइन्थ्यो । घरमा गाईबस्तु र बाख्रालाई घासपानी दिन र घाँस काटेर थुप्रयाउने चलन थियो । यसो गर्नुको कारण भने भोलीपल्ट मावल गइन्यो । विस्तारो हिँडदा एक दिन लाग्ने मामल कुरुम्बा ५,६ घण्टामै पुगिन्थ्यो । मामा माइजु अनि हजुरबुबा आमाले माया गरेर टिका लगाइदिने, मिठो मसिनो खान दिने अनि भाना भान्जालाई दक्षिणा दिने चलन थियो । अन्यत्र भने दक्षिणाको खासै चलन थिएन । सम्झनामा सधै रहने कुरा चै के थियो भने जेठा मामा जो १०० वर्ष जिवित रहनु भयो, वहाँले टिका लगाएर त्यो समयको दश पैसा या चार आना हातमा दिदै भन्नु हुन्थ्यो “ भान्जा घर जादा बाटामा गलिन्छ होला यसले घोडा किनेर चढेर जानु है ।” खासमा मामा हामीहरुलाई धेरै धेरै माया गर्ने अनि हसाउने पनि गर्नु हुन्थ्यो त्यसैले हसाउनलाई यसरी भन्नु हुन्थ्यो । हामीभने घर फर्किदा दक्षिणा पाएका पैसाले बाटाका पसलमा राता मिठाई किनेर खाँदै मुख रातै पारेर घर आइपुग्थ्यौ । उसबेला चकलेट भनेकै राता मिठाई हुन्थे । बाटामा कही पिङ खेल्न भेटियो भने झनै रमाइलो हुन्थ्यो ।
दसैंपछिको तिहार पनि रमाइलो हुन्थ्यो । रङ्गीविरङ्गी फूल फूलेर रातै र पहेलै । घरअँँगनले नै फूलको चाड तिहार आएको सूचना दिन्थे । दशै जस्तै तिहारमा पनि साथीभाई सग पिङ खेल्न र समुह बनाएर देउसी खेल्नमा जुन रमाइलो हुन्थ्यो त्यसको वर्णन थोरैमा सम्भव छैन् । “बारी माथी घिरौला के के दिन्छौ हेरौला ।” हामी केटाकेटीले खेल्ने देउसीमा लुकेको मुख्य कुरा पैसा कति आउछ भन्ने हो । तर युवा र बुझक्डले भने अत्यन्तै आर्कषक भट्याएर मन्त्रमुग्ध बनाउथे । जे होस तिहार रमाइलोसँग बित्थ्यो । आज सम्झिन्छु यस्ता रमाइला दिन कता हराए ? त्यो बाल्यकाल अबका नानीबाबुहरुले देख्न, बोल्न र महशुस गर्न पाएका छन् कि छैनन त ? हामी कुन सस्कृतिमा जादै छौं ? हाम्रो परम्परा कसरी नास हुदै छ ? जन्मदिनमा दियो बालेर अस्टचिरन्जीविको पूजा गरेर दिर्घ जीवनको कामना गरिन्थ्यो तर आज पश्चिमा सस्कृति अपनाएर केक काटने र बत्ती निभाएर मनाउने सस्कृतिले के संकेत गर्छ ?
मनमा अनेक प्रश्नहरु उरालिएर आउँछन् । के अब देश विकसित भएको हो त ? देश विकसित हुँदा संस्कृति यसरी नै मासिएर जाने हो ? आधुनिक भए भन्दैमा चाडपर्व मनाउन पनि छोडने हो ? संस्कृति भुलने हो ? तिजका नाममा एक महिना अगाडिदेखि तडकभडक गर्ने हे ? जन देशको सस्कृति र परम्परा कमजोर भएर जान्छ, बाहिरी देशको सिको हुन थाल्छ, धर्म परिवर्तनमा तिब्रता आउछ, गाउँ खाली हुँदै जान्छन्, सहर खचाखच हुँदे जान्छन्, खेती नभएपछि देश परनिर्भर हुँदै जान्छ, उधोग नभएपछि मजदुर बाहिरन्छिन् । विश्वविद्यालय राम्रा नभएपछि विद्यार्थी बाहिरिन्छन् । हो, आज यस्तै भएको छ । देश बनाउने नेताहरुले आप्mनो महल बनाएपछि, कर्मचारीले गोजी भरेपछि, विदेशीले आप्mनै धर्म र स्वार्थ लादेपछि के नै पो हुन सक्छ र ? अब त अति भयो । जागौं हामी सबै । लागौं हामी सबैं । मिलौं हामी सबैं । युवालाई जिताऔं । भिजन भएकालाई सघाउँ । यही आव्हानका साथ यो स्मृति यहीँ बिट मार्छु अस्तु । (लेखक, दमकका पूराना होमियो चिकित्सक हुन् । )