दमक ,१५ असोज । झापाको कमल गाउँपालिका ७ बिष्णुकठठास्थित सिंहदेवी आधारभूत विद्यालयमा चोरी भएको छ ।सोमबार राति अज्ञात समूहले विद्यालयको गेट फोडर कार्यालयमा नगदसहित केहि समानहरु चोरी भएको विद्यालयका सदस्य सन्तोष राईले बताएका छन् । यसअघि पनि विद्यालयमा यस किसिमका चोरीको घटना भएको थियो ।
चोरीमा संलग्नको पहिचान नखुलेको तथा घटनाका बारे इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएको उनले बताए ।