दमकमा तीनदिनदेखि फोहोर उठेन ,दउवा संघको ध्यानाकर्षण

दमक,४ असोज । दमक उद्योग वाणिज्य संघले केहिदिन देखि दमकमा फोहोरमैला संकलन तथा व्यवस्थापनको रोकिन गएकोमा दमक नगरपालिकासहित फोहोरमैला संकलनको जिम्मा पाएको संस्था नेक्स्ट इरा इनर्जी प्रालिको ध्यानाकर्षण गराएका छन् ।
संघको अध्यक्ष गोपाल गुरागाईसहितको टोलीले विहिबार नगरपालिकाका प्रमुख रामकुमार थापालाई ज्ञापनपत्र बुझाउदै फोहोर नउठाउदाँ नगरको सौन्दर्यका साथै मानव स्वास्थ्यमा नै गंभीर असर परेको भन्दै यथासिघ्र फोहोर संकलन कार्य नियमित गर्न माग गरेका हुन् ।
फोहोरमैला जस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याले सिंगो नगरबासी नराम्ररी प्रताडित हुनुपरेको संघले उल्लेख छ । संघले भनेको छ, –‘संझौताको दुवै पक्षले पूर्ण रुपमा कार्यान्वयन गरि फोहोरमैला व्यवस्थापन कार्यलाई यथासिघ्र सुचारु गरि सेवा सुचारु गर्न अनुरोध गर्दछौ ’।
संघको ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले फोहोरमैला व्यवस्थापनमा उत्पन्न समस्याको बिषयलाई लिएर विभिन्न तह तप्कामा छलफल भइरहेको बखत अकस्मात सो प्रालिले फोहोर उठाउन बन्द गर्नु गरेर लाचारीपन देखाएको बताए । नगरपालिकाले फोहोर संकलनमा देखिएको समस्या समाधान गर्न नगर उपप्रमुख रेगिना भटटराईको संयोजकत्वमा ७ सदस्यीय एक सहजीकरण समिति गठन गरिएको छ । विहिबार बसेको कार्यपालिकाको बैठकले फोहोर संकलन तथा व्यवस्थापनका विषयमा अध्ययन गरि १० दिन भित्रमा प्रतिवेदन पेश गर्न भनी समितिलाई निर्देशन गरिएको उनले बताए ।
फोहोर संकलन तथा व्यवस्थापनका लागि नगरपालिका र नेक्स्ट इरा बीच संझौता भई कार्य सञ्चालन हुदैआएकोमा अचानक सेवा प्रदायक संस्थाले एकतर्फी रुपमा फोहोर संकलन कार्य नगरेपछि तीनदिन देखि यहाँको फोहोरमैला उठ्न सकेको छैन् । नेक्स्ट इराले संझौता अनुसार फोहोर मैला नउठाँउदा दमकको चौंक ,वजार दुर्गन्ध फैलिदै गएको छ ।

Leave a Reply

Your email address will not be published.