संविधान दिवसमा दमकमा नेविसंघको दीपप्रज्जवलन

दमक ,३ असोज । नवौ संविधान दिवसको अवसर पारेर आज बुधबार साँझ दमकमा दिप प्रज्जवलन गरिएको छ । नेपाल विद्यार्थी संघ दमक नगर समितिले स्थानीय गणतन्त्रमा दीपप्रज्जवलन गरि संविधान दिवस मनाएको हो ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिकी सदस्य तथा दमक नगरपालिकाका उपप्रमुख रेगिना भटटराईसहित कांग्रेस नेता,कार्यकर्ता, विद्यार्थीहरुको उपस्थितिमा दीपप्रज्जवलन गरिएको नेविसंघ दमक नगर सभापति बिशाल अधिकारीले बताए ।
सोहि अवसरमा विभिन्न संगठन परित्याग गरि दश जना विद्यार्थीहरुलाई समेत स्वागत गरिएको थियो । विद्यार्थी नेता अशिम दंगालको नेतृत्वमा लक्ष्मण दर्जी, युवराज वान्तवा, साइमन पौडेल, केशव बाँस्तोला, डेनिश योगी, अर्जुन थापा, रोशन घिमिरे, उमंग प्रसाई, समिप लिम्बू र धिरज लिम्बू लगायतका विद्यार्थीहरु संघमा प्रवेश गरेको उनले जानकारी दिए । कार्यक्रमका सञ्चालन दमक बहुमुखी क्याम्पस स्ववियू सदस्य सविन गौतमले गरेका थिए ।
यसैगरि, कमल गाउँपालिका वडा न. ५ ले पनि आजनै दिपप्रज्जवलनसहित वडा कार्यालय परिषर सरसफाई गरिएको वडाअध्यक्ष एलवी विष्टले बताए ।

Leave a Reply

Your email address will not be published.