बिर्तामोडस्थित भाटभटेनी भोलिबाट सञ्चालनमा आउदैं

झापा ,३ असोज।देशकै ठूलो भाटभटेनी सुपर स्टोरले झापाको बिर्तामोडमा भोलिदेखि आफनो २६ औं स्टोर सञ्चालनमा ल्याउने भएको छ ।बिर्तामोडको भगवान चोकमा भोलिबाट विधिवत सञ्चालनमा आउने र त्यसका सम्पूर्ण तयारी पूरा भएको भाटभटेनी सुपर स्टोरले जनाएको छ । बिर्तामोडमा सञ्चालनमा आउने यो स्टोर १५ कठ्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्कवायर फुट सपिङ्ग स्पेस सहित सञ्चालनमा आउन लागेको हो ।

२ अर्ब बढी लागानीमा सञ्चालनमा आउने यो स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो हो । यसअघि कोशी प्रदेशको धरान, बिराटनगर तथा इटहरीमा स्टोर सञ्चालनमा आइसकेको छ । स्वदेशी तथा बिदेशी ब्राण्डका उच्च गुणस्तरका सामानहरु पाईने यस सुपर स्टोरमा झापा जिल्ला सहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सिमावर्ती शहरहरुबाट समेत ग्राहकहरु किनमेलकालागि आउने विश्वास भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको रहेको छ ।

नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यसहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर धमाधम विस्तार गरिने कार्य भईरहेको उनी बताउँछन ।
देशमा व्याप्त आर्थिक मन्दीका कारण ब्यपार ब्यवसायमा निरासा छाएको बेला भाट्भटेनीको सञ्चालनले पूर्बी नेपालको आर्थिक बिकासमा समेत थप टेवा पुग्ने स्थानीयको बुझाई छ । भाट्भटेनीको स्थापनाले बिर्तामोड लगायत पूर्बी नेपालकै आर्थिक तथा पर्यटकीय चहलपहल समेत बढ्ने देखिन्छ ।

उपभोक्तालाई बजार मूल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामाग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले समानको मूल्य र गुणस्तरमा ग्राहक ठगीन नपर्ने हुँदा भाट्भटेनी यस क्षेत्रका उपभोक्ताको लागि पहिलो रोजाई बन्ने क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बतए ।
भाटभटेनी व्यवसाय मात्र नभएर रोजगारी भियान पनि रहेकोहुदाँ हालसम्म देशभर करीव दश हजार बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेको र यो स्टोरमा पनि यस क्षेत्रका करिब तीन सय स्थानीयले रोजगार पाएको अध्यक्ष गुरुङ बताउँछन् ।
उद्घाटनका अवसरमा आम ग्राहकलाइ प्रत्येक सामानको खरिदमा १० प्रतिशत तथा ईलेक्ट्रोनिक्समा २० प्रतिशत सम्म छुटको ब्यवस्था पनि गरेको स्टोरका चिफ अपरेसन म्यानेजर पानु पौडेलले बताए ।
यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किडजान तथा स्केट पार्क लगयतका सुबिधाहरु रहने भट्भटेनीले जनाईएकोे छ । यसपछि जिल्लाकै अर्को मुख्य शहरी दमकमा समेत आगामी बैशाख सम्ममा २७औ स्टोर सञ्चालनमा आउने भाटभटेनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.